stcnepal long ad
global ime bank long

नक्कली श्रमस्वीकृति बनाउने पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नक्कली श्रमस्वीकृतिको कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गोरखा घर भई काठामाडौं बस्दै आएका २३ वर्षीय अजित फेवाली र सोही ठाउँका २१ वर्षका विपिन ढकाल पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले दुवैलाई सोल्टीमोडबाट मंगलबार पक्राउ गरेको थियो। उनीहरुले त्यहाँ वैदेशिक रोजगारीसम्बन्धी काम गर्ने ट्राभल्स सञ्चालन गर्दै आएका प्रहरीले जनाएको छ।

भिजिट भिसामा विदेश जान लागेकाहरूका कागजात नक्कली देखिएपछि प्रहरीले अनुसन्धान थाल्दा ती कागजात अजित र विपिनले बनाउने गरेको खुलेपछि उनलाई पक्राउ गरिएको हो। थप कारबाहीको लागि दुवै जनालाई प्रहरी वृत्त कालीमाटी पठाइएको कार्यालयले जनाएको छ।

पछिल्लो समय नक्कली कागजात देखाएर भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचमा कडाइ गरेको छ।

IME Lifesidebar
kumari