लक्ष्मी सनराइज बैंकको दुई शाखा कार्यालय गाभिने

काठमाडौं । लक्ष्मी सनराइज बैंकको शाखा कार्यालय गाभिने भएका छन् ।
यस बैंकको लुम्बिनी प्रदेश अन्तर्गत रहेको कोहलपुर नगरपालिका वडा नं. ११ न्युरोडमा रहेको शाखा कार्यालय कोहलपुर नगरपालिका वडा नं. ११ न्युरोड तत्कालीन सनराइज बैंकको शाखा रहेको स्थानमा गाभिने भएको छ ।
त्यस्तै, तुलसीपुर उ।म।न।पा। वडा नं. ५ ङ लाइनमा रहेको शाखा कार्यालय तुलसीपुर उ.म।न.पा. वडा नं. ६ घोराही तत्कालीन लक्ष्मी बैंकको शाखा रहेको स्थानमा गाभिने भएको हो ।