नेपाल फाइनान्स पुग्यो धितोपत्र बोर्ड, १२५% हकप्रद जारी गर्ने
आर्थिक सञ्जाल
काठमाडौं । नेपाल फाइनान्सले १२५% हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ः१.२५ अनुपातमा १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस हकप्रदमा प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी २२ करोड ७ लाख ३१ ह्जार रुपैयाँ रहेको छ । १२५% हकप्रद निष्कासनपछि चुक्ता पुँजी ३९ करोड ४ लाख ८१ ह्जार रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।





















