stcnepal long ad
ime life insurance
national life
global ime bank long

लगानी कोषद्वारा लाभांश सहित हकप्रदको प्रस्ताव साधारण सभा आव्हान,

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । नागरिक लगानी कोषले २५ औंं वार्षिक साधारण सभा असार २० गतेका लागि तय गरेको छ । कोषको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले कोषको नयाँ भवन परिसर नयाँ बानेश्वर, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो ।

यस वर्ष कम्पनीले लाभांश सहित हकप्रद शेयरको प्रस्ताव सभाका लागि तय गरेको छ ।

कम्पनीले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश सहित १ बराबर शून्य दशमलव ८३ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्न लागेको हो ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १० गते एक दिन बुक क्लोज गर्ने बताएको छ । यस आधारमा बजार सुचारु भए असार ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

IME Lifesidebar
kumari