stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ। मेडिसिटी हस्पिटलमा उपचारको क्रममा हिजो साँझ श्रेष्ठको निधन भएको बैंक स्रोतले जानकारी दिएको छ।

श्रेष्ठको शव एभरेष्ट बैंकले नै सञ्चालनमा ल्याएको कम दाउराले शव जलाइने प्रविधि (वुडन क्रिमेटरी) बाट भएको थियो।

यो वुडन क्रिमेटरी शव जलाउन १०० केजी दाउराले पुग्ने र त्यसक्रममा निस्कने धुवालाई प्रदूषण रहित बनाएर वातावरणमा छोड्ने प्रविधि हो।

श्रेष्ठ २६ वर्षदेखि बैंकमा अध्यक्षको रूपमा रहेका थिए। २०५४ सालदेखि श्रेष्ठले बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।

गत असोज ३० गतेको बैंकको २९ औं वार्षिक साधारण सभाले पनि श्रेष्ठलाई अध्यक्षको रूपमा चयन गरेको थियो। उनले यो कार्यकाल आफ्नो अन्तिम कार्यकाल हुनेसमेत घोषणा गरेका थिए।

ललितपुरमा जन्मिएका श्रेष्ठले अमेरिकाबाट एमबिए गरेका थिए। उनी एसबिएल प्रालि भारतका समेत अध्यक्ष थिए। एसबिएल विश्वस्तरीय होमियोपेथी सम्बन्धि औषधि उत्पादक कम्पनी हो।

prabhu mahalaxmi
kumari