stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सानिमा बैंकको मेड इन नेपाल चाडपर्व लक्षित योजना सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुकालागि मेड इन नेपाल चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा बैंकको डिजिटल प्रणाली मार्फत भुक्तानी गरेमा विशेष छुट तथा कयासब्याकको व्यवस्था गरेको छ ।

उपरोक्त प्रयोजनका लागि नेपालमा उत्पादित विभिन्न वस्तुहरु बिक्री गर्ने व्यापारीक केन्द तथा प्रतिनिधिहरुसँग सहकार्य गरिएको छ । यसबाट स्थानीय उत्पादन, बिक्री प्रर्वद्घन तथा डिजिटल भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहित गर्न मद्दत पुग्ने छ ।

यो योजना २०८० असोज २७ देखि २०८० मंसिर ३ गतेसम्मका लागि लागू हुनेछ । ग्राहकहरुले सानिमा डेबिटरक्रेडिट कार्ड र मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गर्दा मर्चेन्टहरुबाट ४०% सम्मको छुटका साथै बैंकबाट १०% वा अधिकतम ३०० रूपैयाँसम्मको क्यासब्याक लाभ लिन सक्नेछन् । मर्चेन्टहरुको सूची र छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा एटिएमहरु संचालनमा रहेका छन् । यसै गरी, सानिमा डेबिटरक्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटल, रेष्टुरेन्ट र अन्य मर्चेन्टहरमा विभिन्न छुटहरु प्राप्त गर्न सक्नेछन्।

prabhu mahalaxmi
kumari