stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल आयल निगमले दसैँको सार्वजनिक बिदामा पनि इन्धन वितरण नियमित गर्ने

बजारमा पेट्रोलियम पदार्थको सहज रूपमा बिक्रीवितरण व्यवस्था मिलाउन निगमले विभिन्न स्थानमा रहेका डिपो खुुला राखेको हो ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल आयल निगमले दसैँको सार्वजनिक बिदामा पनि इन्धन वितरण नियमित गर्ने भएको छ । बजारमा पेट्रोलियम पदार्थको सहज रूपमा बिक्रीवितरण व्यवस्था मिलाउन निगमले विभिन्न स्थानमा रहेका डिपो खुुला राखेको हो ।

४ गतेदेखि ९ गतेसम्म बिदाको दिनमा तोकिएका डिपोबाट पेट्रोलियम पदार्थ बिक्रि खुला गरिने निगमले जनाएको छ ।

उपभोक्तालाई कोशी प्रादेशिक कार्यालय विराटनगर, मधेश प्रादेशिक कार्यालय, अमलेखगन्ज, बागमती प्रादेशिक कार्यालय थानकोट, गण्डकी प्रादेशिक कार्यालय पोखरा, लुुम्बिनी प्रादेशिक कार्यालय भैरहवा, कर्णाली प्रादेशिक कार्यालय सुुर्खेत, सुुदूरपश्चिम कार्यालय धनगढी, शाखा कार्यालय चारआली, इन्धन डिपो धनुुसा, इन्धन डिपो नेपालगन्ज शाखा कार्यालय वीरगन्ज खुुला गरिने निगमले जनाएको छ ।

चाडपर्वको बेला उपभोक्तालाई इन्धनको आपूूर्ति सहज बनाउन सातै प्रदेशमा रहेका कार्यालय खुुला गरिने निगमले जनाएको छ ।

prabhu mahalaxmi
kumari