stcnepal long ad
ime life insurance
global ime bank long

स्वास्थ्य सामग्री खरिदमा अनियमितता नभएको सेनाको दाबी

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल

काठमाडौं । नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदमा अनियमितता नभएको दाबी गरेको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सेनाले चीनबाट जीटूजी प्रक्रियाबाट खरिद गरिएका स्वास्थ्य सामग्री पारदर्शि रुपमा ल्याएको दाबी गरेको हो।

स्वास्थ्य सामग्री खरिदमा  सेनालाई विवादमा मुछ्ने प्रयास भएको भन्दै सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले विज्ञप्तिमा भनेको छ, ‘होल अफ नेसन एप्रोच अवलम्बन गर्दै परिचालन गर्न अत्यावश्यक देखिएको अवस्थामा राष्ट्रिय संयन्त्रको एक महत्वपूर्ण अंगको रुपमा रहेको नेपाली सेनाबाट प्रचलित प्रक्रिया र मापदण्ड बमोजिम खरिद भएका सामग्रीको मूल्यको तुलनाको आधारमा, विना तथ्य प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउन खोज्नु आफैंमा अत्यन्त गम्भिर विषय हो ।’

सरकारले दिएको जिम्मेवारी बमोजिम तत्कालीन अन्तर्राष्ट्रिय बजार तथा स्वदेशी बजारमा स्वास्थ्य सामग्रीको चरम अभाव भएको परिस्थितिमा समेत पारदर्शिताका साथै उच्च स्तरीय मितव्ययिता अपनाउन खरिद इकाई र गुणस्तर निरीक्षण उपसमिति गठन गरेर स्वास्थ्य सामग्री खरिद कार्य सम्पन्न गरिएको सेनाको भनाइ छ ।

सम्बन्धित देशको सरकारी प्रतिनिधी मात्रको प्रयोग गरी कमिशनरहित रुपमा प्रत्यक्ष कारोबार गरिएको र अनियमितताका सबै सम्भावनाहरुलाई निरुत्साहित गर्ने रणनीति अपनाएको सेनाको दाबी छ।

आन्तरिक खरिद निर्देशिका समेत जारी गरेको र सार्वजनिक खरिद ऐन २०६३ को परिच्छेद २ को नियम १६ मा आधारित रही स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय तथा आमन्त्रित विज्ञहरु सम्मिलित खरिद इकाई र गुणस्तर निरीक्षण उपसमिति गठन गरी खरिद कार्य सम्पन्न गरिएको सेनाले जनाएको छ ।

prabhu mahalaxmi
kumari