सरिता गिरीलाई कारबाहीको चेतावनी संशोधन फिर्ता लिन पार्टीको निर्देशन,

आर्थिक सञ्जाल
काठमाडौं । समाजवादी पार्टीकी सांसद सरीता गिरीले नयाँ नक्सा समेटिएको निशान छाप सम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै दर्ता गराएको विधेयक फिर्ता लिन पार्टीले निर्देशन दिएको छ ।
विधेयक फिर्ता लिनका लागि समाजवादी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले निर्देशन दिएका हुन् । विधेयक फिर्ता नलिए पार्टील कारवाही गर्न बाध्य हुने निर्देशन पत्रमा उल्लेख गरिएको छ ।
गिरीले बुधबार संघीय संसद सचिवालयमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएकी छिन् । उनको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्साअनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने माग छ । गिरी समानुपातिक सांसद हुन् ।
उनले पछिल्लो समय सीमाको विषयलाई लिएर विवादित बयान दिँदै आएकी छन् ।