stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सेन्ट्रल फाइनान्सले विद्यार्थीलाई वितरण गर्यो युनिफर्म तथा शैक्षिक सामग्री

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेन्ट्रल फाईनान्सको चाबहिल शाखाले काठमाडौंको रामहिटीस्थित बालकुमारी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई युनिफर्म तथा शैक्षिक सामग्री वितरण कार्यक्रम गरेको छ ।

चावहिल शाखा प्रमुख सरिता श्रेष्ठले युनिफर्म तथा शैक्षिक सामग्रीहरु विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर राईलाई हस्तान्तरण गरी शाखा प्रमुख श्रेष्ठ र प्रधानाध्यापक राईले संयुक्त रुपमा विद्यार्थीहरुलाई सहयोग सामग्री वितरण गरेका थिए ।

विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई सहयोग गर्ने हेतुले संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ११ जना विद्यार्थीलाई युनिफर्म तथा ७ जना विद्यार्थीलाई ट्रयाक सुट र शैक्षिक सामग्री वितरण गरिएको शाखा प्रमुख श्रेष्ठले बताए ।

कार्यक्रममा संस्थाका कर्मचारीहरु लगायत विद्यालयका शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुको सहभागिता थियो ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त यस संस्थाले विगत २६ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिँदै आएको छ । संस्थाले कुपण्डोलस्थित केन्द्रीय कार्यालय सहित १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एउटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ्ग एप, एटीम डेबिट कार्ड, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, आरटीजीएस, मर्चेन्ट क्यूआर पेमेन्ट, क्यूआर टेलर, रेमिट्यान्स सेवा, सी(आस्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी थप डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै लैजाने लक्ष्य लिएको छ ।

ग्राहकहरुको बैंक खाता, वालेट, क्यूआर जस्ता विद्युतीय रकमान्तर तथा भुक्तानीका माध्यममा सहज पहुँचको व्यवस्था पनि मिलाएको संस्थाको विभिन्न शाखा कार्यालयहरुमा एटीएम सेवा पनि सञ्चालनमा रहेको छ ।

prabhu mahalaxmi
kumari