stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिप्रदियन सहायताद्वारा काठमाडौं उपत्यकाका १५ प्रमुख ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिप्रदी ट्रेडिङ र सिप्रदियन सहायता संस्थाद्वारा महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै काठमाण्डौ उपत्यकाका १५ प्रमुख ठाउँमा यात्रु सहायता कक्षको व्यवस्था गरिएको छ ।

दशैँ मनाउन उपत्यका छोड्ने यात्रुको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाण्डौमा बल्खु, नयाँ–बसपार्क, स्वयम्भू, चावहिल, तिलगङ्गा, बाफल, कलङ्की, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, नागढुङ्गा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष शुरु गरिएको छ ।

विगतका वर्षभन्दा यो वर्ष यात्रुको सङ्ख्या अधिक बढ्ने देखिएको छ, त्यसैले यात्रुलाई टिकट बुकिङका क्रममा समस्या र अन्योल नपरोस् भनी यो सेवा दिइएको बताइएको छ । उपभोक्ता सङ्घ तथा महानगरीय
ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो गुनासो महँगो टिकट मूल्य, टिकट नपाउनेसँग सम्बन्धित हुने भएकाले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले विभन्न रुटमा लागू हुने भाडा नै उल्लेख गरेर सहायता कक्ष निर्माण गरिएको बताइएको छ ।

यात्रु आवतजावतका क्रममा यात्रुलाई सुरक्षासम्बन्धी सु–सूचित गर्नका लागि यात्रु सहायता कक्षले ‘मनिटरिङ’ गर्ने छ ।

IME Lifesidebar
kumari