stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन्स बैंकको सत्रौँ वार्षिक साधारण सभा सम्पन्न

साधारण सभाले अनुमोदन  लाभांश,दशैं अगाडी नै सेयरधनीले पाउने भए नगद

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंकको सत्रौँ वार्षिक साधारण सभा आज असोज २६ गते सम्पन्न भएको छ। सभाले बैंकका सेयरधनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

जसअनुसार हाल कायम चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाखको ५।७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६ सय ५२ रुपैयाँ ९६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव सभा मार्फत पास गरेको हो।

वार्षिक साधारण सभाले आ.व. २०७९र०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्यो। तेस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र मिति २०७७/४/१ देखि २०८०/३/३१ सम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गरेको छ।

बैंकको संचालक समितिले घोषणा गरेको लाभांश दशैं अगाडी नै दिने बताएको छ। सिटिजन्स बैंक इन्टरनेसनले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने –मर्ज गर्न वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायित्त्व तथा कारोवारको मूल्याङ्कन गर्न राष्ट्रिय वा अन्तराष्ट्रिय मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गर्न तथा गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पास गरेको छ।

बैंकले साधारणसभा प्रयोजनको लागि असोज १५ गते बुक क्लोज तय भएको थियो । जस अनुसार असोज १४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् ।

prabhu mahalaxmi
kumari