stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वर्ल्डलिङ्कको इन्टरनेट जोड्ने तथा नवीकरण गर्ने ग्राहकलाई इयरबड खरिदमा ५० प्रतिशत छुट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कका ग्राहकले बोट ब्राण्डको इयरबड खरिदमा ५० प्रतिशत छुट पाउने भएका छन् । कम्पनीले तीन वा १२ महिनाको इन्टरनेट प्याकेज नवीकरण गर्ने वा ​वर्ल्डलिङ्कको इन्टरनेट जडान गर्ने नयाँ ग्राहकलाई ‘एयरडप्स १७०’ (Airdopes 170) आधा मूल्यमा उपलब्ध गराउने जानकारी दिएको हो ।

यस अन्तर्गत ग्राहकले बोटको यो इयरबड १६ सय ९९ रुपैयाँमा खरिद गर्न सकिनेछ । यसको बजार मूल्य भने तीन हजार २९९ रुपैयाँ रहेको छ ।

इन्टरनेट नवीकरण गरिसकेपछि वा नयाँ इन्टरनेट जडान गरेपछि वर्ल्डलिङ्कको शाखा कार्यालयमा पुगेर ‘एयरडप्स १७०’ खरिद गर्न सकिने छ ।

कस्तो छ ‘एयरडप्स १७०’ ?

बोटका अनुसार यो इयरबडको ब्याट्री ब्याकअप ५० घण्टाको छ । त्यस्तै १० मिनेट चार्ज गरेको भरमा तीन घण्टा प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।

फोन कलको आवाज प्रस्ट सुन्न यसमा एन एक्स टीएम प्रविधिको प्रयोग गरिएको छ । यसमा चार ओटा माइक्रोफोन रहेका छन् ।

यसमा भएको बिस्टटीएम (BEASTTM) मोडको सहायताले अडियो ५० एमएसभन्दा कम लेटेन्सीमा सिन्न सकिने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार यसमा रहेको १३ एमएम स्पिकरले स्तरीय अडियोको सेवा दिनेछ । ब्लुटुथ भर्सन ५.३ मा आधारित यो इयरबडले आईपीएक्स ४ रेटिङ पाएको छ ।

१० मिटरको दूरीसम्म सपोर्ट गर्ने यो इयरबडको केसमा ४७० एमएएच क्षमताको ब्याट्री र प्रति इयरबडमा ४० एमएएच क्षमताको ब्याट्री रहेको छ । यसले टाइप(सी चार्जिङ सिस्टम सपोर्ट गर्ने बताइएको छ ।

१ अक्टोबरदेखि सुरु भएको यो  अफर  कहिलेसम्म  लागू हुन्छ भन्नेबारे कम्पनीले केही खुलाएको छैन । वर्ल्डलिङ्कका ग्राहक बाहेक अन्य प्रयोगकर्ताले सोही छुट रकममा यो इयरबड खरिद गर्न सक्ने छैनन् ।

कम्पनीका अनुसार तीन महिनाको इन्टरनेट रिन्यु गर्ने ग्राहकले एउटा र १२ महिनाको रिन्यु गर्ने प्रयोगकर्ताले दुई जोडी इयरबड सोही छुट रकममा खरिद गर्न सक्नेछन् ।

prabhu mahalaxmi
kumari