stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कात्तिक १ गतेदेखि नबिल ब्यालेन्स्ड फन्ड–२ ले इकाइधनीको खातामा नगद लाभांश जम्मा गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल ब्यालेन्स्ड फन्ड–२ ले आफ्ना इकाइधनीलाई कात्तिक १ गतेदेखि नगद लाभांश वितरण गर्ने भएको छ ।

फन्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।

यसका लागि इकाइधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ ।

यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने नबिल इन्भेष्टमेन्टले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को नाफाबाट फन्डले कर सहित ९.६% नगद लाभांश (कर सहित) वितरण गर्न लागेको हो ।

prabhu mahalaxmi
kumari