citizens life insurance long ad
stcnepal long ad

एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि ५० ले प्रतिफल वितरण गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि ५० ले आफ्ना इकाईधनीलाई नगद लाभांश बैंक खातामा पठाउने भएको छ ।

एनएमबि हाइब्रिड फन्ड एल १ ले आफ्नो इकाईधनीहरुलाई आज असोज २१ गते आइतबारदेखि प्रतिफल वितरण गर्ने लागेको हो ।

त्यस्तै, एमएनबि ५० ले असोज २२ गतेदेखि लाभांश वितरण गर्ने जनाएको छ । दुवै फन्डका इकाईधनीहरुले आर्थिक वर्ष २०७९/८० को नाफाबाट करसहित १५% का दरले नगद लाभांश घोषणा गरेको छन् ।

यी दुवै म्युचुअल फन्डले लाभांशको लागि असोज १२ गते बुक क्लोज गरिसकेका छन् । एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि ५० एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड हुन् ।

IME Life
kumari