stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु बैंकले संचालनमा ल्यायो स्मार्ट अडियो अलर्ट डिभाइस

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंक लिमिटेडको डिजिटल बैंकिङ सेवाअन्तर्गत क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषतासहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ।

प्रभु बैंकको क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेन्टहरुसँग रहेको क्यूआर कोडमार्पmत सेवाग्राहीले भुक्तानी गर्दा एसएमएस वा ई–मेल अलर्ट आउने गरेकोमा अब सोको अतिरिक्त स्मार्ट अडियो अलर्ट डिभाइसबाट कारोबार सफल हुनासाथ तत्कालै सम्बन्धित ग्राहकले भुक्तानी गरेको रकम आवाजबाट निश्चित हुने सुविधा थप भएको छ।

बैंकले डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको सुरुआत गरेको हो।

बैंकले ल्याएको यस नवीनतम प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोडमार्फत भुक्तानी गर्नासाथ मर्चेन्ट तथा ग्राहकले रकम भुक्तानी सफलतापूर्वक भएको सूचना आवाज मार्फत तत्काल प्राप्त गर्न गर्नेछन्।

प्रभु बैंकले फोनपे पेमेन्ट सर्भिसेस लिमिटेडसँगको सहकार्यमा ल्याएको यस डिभाइसमा फोनपे नेटवर्कमा आबद्ध क्यूआर कोडमा भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ।

फोनपे नेटवर्कमा पहिलोपटक उपलब्ध यस सुविधा नेपाल क्लियरिङ हाउस लिमिटेडको नेपाल पे नेटवर्कमा आबद्ध क्यूआरमा भने यसअघिदेखि नै व्यवस्था मिलाइएको छ ।

क्यूआर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्नेमात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो सेवा थपविश्वसनीय साबित हुने बैंकले विश्वास लिएको छ।

prabhu mahalaxmi
kumari