stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौँ । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई एक्वायर गर्नका लागि अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ । कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र डोटी गरी ५ जिल्लामा कार्यक्षेत्र रहेको कञ्चन सुदूरपश्चिम प्रदेशको बैंक हो ।

यसको मुख्य कार्यालय कञ्चनपुरमा छ । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूरपश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टर संख्या ४ पुग्नेछ ।

एनएमबिले केही समयअघि मात्र ओम डेभलपमेन्ट बैंक गाभेको थियो । यो सँगै गण्डकी प्रदेशमा बैंकको उपस्थिति बलियो भइसकेको छ । मर्जर तथा प्राप्तिबाट एकातिर वित्तीय संस्थाको संख्या घटेको छ भने अर्को संस्थाहरु सबल पनि बन्दै जाने अपेक्षा गरिएको छ ।

 

prabhu mahalaxmi
kumari