stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल राष्ट्र बैंकले समायोजन गर्यो आरटीजीएस प्रणाली सञ्चालन समय

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणाली सञ्चालन समय समायोजन गरेको छ। सरकारले कार्यालय समय परिमार्जित गरेसँगै केन्द्रीय आरटीजीएस प्रणाली सञ्चालन समय समायोजन गरेको हो।

अब यो प्रणाली सोमबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म तथा कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ।

यसैगरी प्रत्येक आइतबार भुक्तानी सेवा सञ्चालकको कारोबारहरुको सेटलमेन्ट गर्ने प्रयोजनका लागि बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ।

prabhu mahalaxmi
kumari