citizens life insurance long ad
stcnepal long ad

स्पार्कल इन्टरटेनमेन्ट आयोजनामा ‘मिस एण्ड मिसेस युनिभर्सल २०८०’ को भाद्र ३० गते ट्यालेन्ट राउन्ड हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्पार्कल इन्टरटेनमेन्ट आयोजनामा ‘मिस एण्ड मिसेस युनिभर्सल २०८०’ को दोस्रो सिजनको अडिशन सके लगतै यहि भाद्र ३० गते ट्यालेन्ट राउन्ड हुने भएको छ ।

मिस एण्ड मिसेस युनिभर्सलमा गरि २०र२० जनाको पार्टिसिफेन्ट रहेको यस सिजन २ को ट्यालेन्ट राउन्ड नक्सालमा अवस्थित होटल हुकुम दरबारमा हुने भएको छ भने यस् राउन्डमा पाच जना जज रहनेछ ।

मिस एण्ड मिसेस युनिभर्सलको ब्राण्डएम्बेसडर पुर्व मिस नेपाल उषा खड्की र कोरियोग्राफर रोजिन शाक्य रहने यस सिजन २ को अडिसन गत श्रावण २० गते नयाँ बानेश्वर स्थित रोयल एलिनाजमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मनोरञ्जन कार्यक्रमहरू, खेलकुद कार्यक्रम, सामाजिक परियोजनाहरू र अन्य धेरै कार्यक्रमहरू आयोजना गरी देशको विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्पार्कल इन्टरटेनमेन्टको स्थापना भएको जानकारी आयोजक टिमले दिएका छन ।

IME Life
kumari