stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

एनआईसीसीआईको इटालीमा सम्पन्न ऐतिहासिक बैठकले नेपाल–इटाली व्यापार सम्बन्ध

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्श एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सम्मानित इटालियन चेम्बरहरू रोम र मिलानको यही भदौ १७–२३ सम्म ऐतिहासिक भ्रमण गरेका थिए ।

यस महत्वपूर्ण भ्रमण एनआईसीसीआईको लागि द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्न र व्यापारका अवसरहरुको सम्भाव्यता अध्ययन गर्र्न साथै नेपाल र इटालीबीच व्यापारिक र सांस्कृतिक सम्बन्ध निर्माण र विस्तारमा केन्द्रित रहेको थियो ।

नेपालले रोम चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री र मिलान चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री सँग गरेको भेट पहिलो पटक हो, दुबै इटालीयन संस्था व्यवसायिक सहयोगका लागि प्रख्यात छन् । यो बैठकले इटालियन सरकारी अधिकारीहरू र एसोकामेरेस्टेरोको (ASSOCAMERESTERO) सार्वभौम परिप्रेक्ष्यमा एनआईसीसीआईको स्थापना, मान्यता, भविष्य र युरोपेली संघको लागि साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दै ठूलो महत्व राखेको छ ।

यी भेटहरुमा रोमस्थित नेपालका लागि सम्मानित महावाणिज्य दूत श्री पाओलो नुगारी ९ःच। एबययि ल्गनबचष्० सँग छलफल भएको थियो ।

सन् १९७० देखि नेपालको व्यापक अनुभव सँगै, श्री नुगारीले नेपालको भविष्यको लागि आफु आशावादी रहेको बताउनुभयो र इटाली सरकारले एनआईसीसीलाई मान्यता दिलाउन सहयोग गर्ने प्रतिज्ञा गर्नुभयो ।

नेपालको एक निजी संस्था द्वारा मिलान चेम्बर अफ कमर्स (प्रोमोस इटालिया) सँगको पहिलो बैठकबाट उल्लेखनीय सफलता प्राप्त भएको छ, मिलानले विभिन्न रुपमा एनआईसीसीलाई

सहयोग गर्न आफ्नो प्रयास रहने बताएको छ ।
यी ऐतिहासिक भेटवार्तासँगै, नेपाल र इटालीबीचको सम्बन्धको आधिकारिक सुरुवातको रूपमा एनआईसीसीआईका लागि इटालियन बिजनेस ल्यान्डस्केपको ढोका खुला भएको छ । एनआईसीसीआई दुई राष्ट्रबीचको व्यापारिक सहकार्य र अवसरहरूको नयाँ युगको सुरुवात गर्न तयार छ ।

prabhu mahalaxmi
kumari