सञ्चय कोषको पेन्सन फण्डमा साढे ६ अर्ब रुपैयाँ जम्मा, ६२ हजारको सहभागीता
काठमाडौं । योगदानमा आधारित निवृत्ती भरण कार्यक्रमबाट सञ्चय कोषले ६ अर्ब रुपैयाँभन्दा बढी रकम संकलन गरेको छ। कोषका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा कूल ६ अर्ब ५० करोड रुपैयाँ योगदान रकम संकलन भएको छ।
कोषमा योगदानमा आधारित निवृत्ती भरण कार्यक्रममा गत आवको मसान्तसम्ममा कूल ६२ हजार २८२ जना सञ्चयकर्ताले सहभागीता जनाएका छन् । तीन हजार २ सय ११ वटा कार्यालयबाट योगदानकर्ताहरु निवृत्ती भरण कार्यक्रममा सहभागी भएका हुन् ।
यसैबीच कोषले प्रवाह गर्ने सेवा सुविधाका लागी योगदानकर्ताको पहिचान अध्यावधिक गरिएपछि गत असार मसान्तसम्म ७ लाख ५ हजार सञ्चयकर्ताको विवरण अध्यावधिक भएको जानकारी दिएको छ ।
कोषका अनुसार गत आवमा कूल ८७ हजार योगदानकर्ताको विवरण अध्यावधिक गरिएको थियो । यसैगरी १६ हजार ५ सय वटा संस्थाले समेत पहिचान विवरण अध्यावधिक गराएका छन् ।























