stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रुस पुगे किम जोङ उन, आज पुटिनसँग भेटघाट हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

उत्तर कोरियाली नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुस पुगेका छन् । यसअघि उनी रुस जाँदा उत्तर कोरियाको सरकारी मिडियाले एउटा तस्बिर सार्वजनिक गरेको थियो जसमा किम जोङ उन आफ्नो सशस्त्र रेलमा रुस जानुअघि प्योङयाङका जनतालाई अभिवादन गरिरहेका थिए ।

सरकारी सञ्चारमाध्यम केसीएनएले उनको साथमा सैनिक कर्मचारीसहित उच्च सरकारी अधिकारीहरूको समूह पनि रहेको जनाएको छ ।

दुई नेताबीच मङ्गलवार भेटवार्ता हुने बताइएको छ । क्रेमलिनले पनि किम जोङ उन रुस आउँदै गरेको पुष्टि गरेको छ ।

बीबीसीको अमेरिकी सम्बद्ध समाचार च्यानल सीबीएस न्युजका अनुसार पेन्टागनले किम जोङ रसियाको भ्रमणमा रहेको र उनले ‘कुनै किसिमको बैठक’ गर्ने सम्भावना रहेको बताएको छ ।

पुटिन र किम जोङ भेट भएमा यो उत्तर कोरियाली नेताको पछिल्लो चार वर्षमा पहिलो अन्तर्राष्ट्रिय भ्रमण हुनेछ । कोरोना महामारीपछि किम जोङ पहिलो पटक विदेश भ्रमणमा जाँदै छन् ।

केही दिन अघि एक अमेरिकी अधिकारीले न्युज च्यानल सीबीएससँगको कुराकानीमा बैठकमा युक्रेनमा जारी युद्धका लागि उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराउने सम्भावनाबारे छलफल हुने बताएका थिए ।

किम जोङको अन्तिम विदेश यात्रा सन् २०१९ मा रुसको भ्लादिभोस्टोक सहरको थियो, त्यहाँ उनले पुटिनलाई भेटेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाको आणविक निःशस्त्रीकरण वार्ता रद्द भएपछि यो बैठक भएको थियो ।

prabhu mahalaxmi
kumari