रिलायन्स फाइनान्सको डेपुटी चिफ एक्जुकेटिभ अफिसरमा रामहरि आचार्य नियुक्त
काठमाडौं . रिलायन्स फाइनान्स कम्पनीमा डेपुटी चिफ एक्जुकेटिभ अफिसरमा रामहरि आचार्य नियुक्त भएका छन्।
आचार्यलाई साेमबारदेखि काम गर्ने अधिकारसहित व्यवस्थापन समितिले डेपुटी चिफको जिम्मेवारी दिएको हो। आचार्यले २५ वर्ष बैंकिङ क्षेत्रमा बिताइसकेका छन्।
रिलायन्स फाइनान्स ‘सी’ वर्गको अग्र वित्तीय संस्था हो। आचार्यको आगमनले फाइनान्स थप उचाइमा पुग्ने व्यवस्थापनको विश्वास छ।
























