citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

स्टडी ग्रुपको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको पहिलो अनलाइन समूहले ल्यान्कास्टर विश्वविद्यालयद्वारा अनुमोदित इनोभेटिभ एक्सेलेरेटेड प्रि–मास्टर्स कार्यक्रम शुरु ग¥यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने विश्वभरका विद्यार्थीहरूले बेलायतमा स्नातकोत्तर कार्यक्रमको लागि तयार हुन यो महिना नयाँ कार्यक्रम सुरु गरेका छन् ।

पूर्ण मान्यता प्राप्त अनलाइन कार्यक्रम प्रशंसित Insendi सिकाइ अनुभव प्लेटफर्म मार्फत डेलिभर गरिएको छ, जसले प्रविधिमा मानव सिकाइ प्रक्रियालाई प्राथमिकता दिन्छ र विद्यार्थीहरूलाई उच्च गुणस्तरीय अन्तरक्रियात्मक अनुभव प्रदान गर्नमा केन्द्रित रहेको छ ।

स्टडी ग्रुपका प्रमुख कार्यकारी अधिकृत एम्मा ल्यान्कास्टरले भन्नुभयो, “नयाँ अनलाइन एक्सेलेरेटेड प्रि–मास्टर्स कार्यक्रमहरूले हाम्रा विद्यार्थीहरूलाई विश्वको जहाँसुकैबाट आफ्नो शैक्षिक यात्रा सुरु गर्न सक्षम बनाउँछ, जसले यूकेमा स्नातकोत्तर अध्ययनको लागि सजिलो बनाउँछ । पाठ्यक्रमले विद्यार्थीहरूलाई उनीहरूलाई व्यवसाय र वित्त सिद्धान्त, अध्ययन मुलक सीपहरू, र निश्चित रूपमा आवश्यक अंग्रेजी भाषा सीपहरू जस्ता क्षेत्रमा तयार बनाउंछन् जसले स्नातकोत्तर पाठ्यक्रमहरू शुरु गर्न सजिलो बनाउँछ । जसले उनीहरुलाई शैक्षिक रूपमा सफल हुन र विश्वविद्यालयमा प्रगति गर्न बाटो बनाइदिन्छ ।“

कार्यक्रमको लागि छनोट गरिएको Insendi प्लेटफर्मले त्यस्तो वातावरण सिर्जना गर्दछ जहाँ ज्ञान र सीप हासिल गर्न विद्यार्थीहरूलाई लागि प्रयोगात्मक र सहज हुन्छ ।

यो पहिले नै बेलायतको अक्सफोर्ड विश्वविद्यालय, अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय र स्विट्जरल्याण्डको ETH जुरिचमा एलिट वर्गका कार्यकारी शिक्षा कार्यक्रमहरूमा प्रयोग गरी सकिएको छ।

स्टडी ग्रुपका प्रडक्ट डिरेक्टर नताली क्र्यानले भन्नुभयो, “हामी नयाँ स्नातकोत्तर तयारी कार्यक्रमहरूको हाम्रो पोर्टफोलियोको साथ अत्याधुनिक इन्सेन्डी सिकाइ मार्फत हाम्रो डिजिटल शिक्षालाई विस्तार गर्न पाउँदा खुसी छौं ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आवश्यकताहरूलाई ध्यानमा राखेर सिर्जना गरिएको हाम्रा अनलाइन प्रि–मास्टर्स कार्यक्रमहरू मान्यता प्राप्त छन र विद्यार्थीको आफ्नै कम्प्युटर, ल्यापटप, ट्याब्लेट वा मोबाइल फोन मार्फत संसारको जुनसुकै ठाउँबाट लिन सकिन्छ ।

शिक्षा क्षेत्रमा व्यापक परिवर्तन र डिजिटल रूपान्तरणको जमानामा हामी स्नातकोत्तर तयारी कार्यक्रमहरूको लागि एक प्रभावकारी दृष्टिकोण सिर्जना गर्न पाउँदा गर्व गर्छौं जसले विद्यार्थीहरूलाई ध्यानमा राखेर उनीहरूको शैक्षिक लक्ष्यहरू प्राप्त गर्न आवश्यक ज्ञान र आत्मविश्वास प्रदान गर्दछ ।“

प्रत्येक प्रि–मास्टर्स पाठ्यक्रमहरू अन्तर्राष्ट्रिय शिक्षा विशेषज्ञहरूद्वारा सिकाइन्छ, इन्सेन्डीको इनोभेटिभ सिकाइ अनुभव प्लेटफर्मले डिजिटल रूपमा गतिशील शिक्षाको लागि अध्यापनशास्त्र–पहिलो दृष्टिकोण प्रयोग गरी उत्कृष्ट समुदाय–आधारित सिकाइ अनुभवहरू प्रदान गर्न सक्षम पारेको छ।

विद्यार्थीहरूले विभिन्न प्रकारका सिकाइको अभ्यासहरु अनुभव गर्नेछन्, जसलाई व्यक्तिगत ट्यूटोरियलहरू, साना समूह कार्यशालाहरू, रेकर्ड गरिएका सत्रहरू, कुनै पनि समय र जहाँ पनि हेर्ने विकल्पसहित लाइभ सत्रहरूद्वारा थप परिष्कृत गरिन्छ ।

IME Life
kumari