जागिर लगाईदिन्छु भनी ठगी गर्ने भट्टराई पक्राउ
काठमाडौं । झापा जिल्ला कन्काई न।पा वडा नं. –३ सुरूङ्गा घर भई हाल का.म.न.पा वडा नं. –७ चावहिल बस्ने वर्ष ३५ को निलम भट्टराईले जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. वडा नं. –३ बस्ने वर्ष ३० की दुर्गा पौडेल न्यौपानेलाई आफू चलचित्र क्षेत्र तथा राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजनको पत्रकार समेत भएकोले आफ्नो पहुँच गृह मन्त्रालयको उच्च अधिकारीहरूसँग रहेको र राष्ट्रिय अनुसन्धान विभागको अधिकृत पदमा जागिर लगाइदिन सक्छु उक्त पदमा जागिर खाने भए मन्त्रालयको विभिन्न अधिकारीहरूलाई रकम बुझाउनुपर्ने हुन्छ ।
त्यसको लागी पन्ध्र लाख रुपैयाँ रकम लाग्छ भनी प्रलोभनमा पारी विश्वास दिलाई निजले पटक–पटक गरी चौध लाख पचास हजार रुपैयाँ रकम लिई ठगि गरेका छन।
उक्त रकम ठगि गरिसकेपछि निजले जागिर पक्का भयो अब ४५ दिने तालिमको लागि सिन्धुली जानुपर्छ भनी पीडितलाई काठमाडौं बोलाए पश्चात काठमाडौं आएर सम्पर्क गर्दा निज निलम भट्टराई सम्पर्क विहिन भएका थिए।
त्यसपछि पीडितले आफु ठगिएको थाहा पाई महानगरीय प्रहरी अपराध महाशाखामा पेश गरेको जाहेरी दरखास्त अनुसार सम्मानित जिल्ला अदालबाट पक्राउ अनुमती लिई खोजतलास गर्ने क्रममा निज विपक्षी निलम भट्टराई सुर्खेतमा लुकिछिपी बसेको भन्ने सुचनाको आधारमा कार्तिक २ गते निजलाई सुर्खेत जिल्ला विरेन्द्रनगर न.पा. वडा नं.– ६ सुर्खेत बसपार्कबाट पक्राउ गरी महाशाखामा ल्याइएकोमा थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागी आज कार्तिक ३ गते महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाईएको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ।


























