citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

शुक्रबार पूरै काम गरौँ

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

नेपालमा लामो समयदेखि सार्वजनिक बिदा अन्योलको विषय बन्दै आएको छ । अहिले पनि यो विषय चासो र चर्चामै छ र सरकारले आगामी वर्ष २०८० का लागि सार्वजनिक बिदा निर्धारण गर्न काम गरिरहेको बताइएको छ । सार्वजनिक बिदा निर्धारण गर्नुभन्दा अघि त्यसको सिद्धान्त वा नीति स्पष्ट हुनु आवश्यक छ ।

नेपालमा अत्यावश्यक सार्वजनिक बिदा मात्र दिने, नदिए पनि फरक नपर्ने बिदा कटौती गरी काम गर्ने उत्पादनशील एवं सेवामूलक अवधि बढाउने नीति अपनाउने कि रु अन्य देशको दाँजोमा हामीकहाँ तलब सुविधा कम भएकाले बिदा धेरै दिएर कर्मचारीलाई फकाउने नीति लिने रु देशको अवस्थाप्रति संवेदनशील हुने हो भने पहिलो नीति नै सही बाटो हुन्छ ।

सार्वजनिक बिदाबारे कुरा गर्नुभन्दा पहिला लामो समयदेखि प्रचलित शुक्रबारको अधकल्चो बिदाबारे पुनर्विचार गर्नु अति जरुरी छ । हरेक शुक्रबार ३ बजेभन्दा अगावै सरकारी कार्यालय, बैङ्क, विद्यालय, संस्थान आदिमा काम बन्द हुने चलनले सेवाग्राहीलाई त असुविधा भएकै छ, सरकार र सम्बन्धित संस्थाको साधनस्रोत पनि अनुत्पादक रूपमा खर्च भइरहेको छ ।

यसको सट्टा शुक्रबार पूरै दिन काम गर्ने र महिनाको अन्तिम शुक्रबार भने पूरै दिन बिदा गर्ने नयाँ नीति अपनाउनु उचित हुनेछ । किनकि हाल प्रचलित शुक्रबारको अधकल्चो बिदाले कसैलाई पनि फाइदा वा सुविधा पुगेको छैन । बरु शुक्रबार भनेर कर्मचारीले १२ बज्न नपाउँदै काम रोक्ने प्रवृत्तिले सबैलाई घाटा र असुविधा मात्र भएको छ ।

कर्मचारीलाई पनि शुक्रबार कार्यालय पुग्नैपर्ने, फर्कनैपर्ने तर काम भने पूरा गर्न नमिल्ने हुँदा कुनै खास सजिलो भएको पाइँदैन । यसो गर्नुभन्दा अरू सबै शुक्रबार पूरै काम गरी अन्तिम शुक्रबार भने पूरै बिदा गर्दा भोलिपल्टको शनिबारसमेत गरी प्रत्येक महिनाको अन्त्यतिर दुई दिन लगातार बिदा पाइँदा त्यसलाई सदुपयोग गर्न कर्मचारीलाई निकै सहज हुनेछ ।

यसो गर्दा विशेषगरी आन्तरिक पर्यटनलाई सघाउ पुग्ने, परिवारलाई पर्याप्त समय दिन मिल्ने, व्यक्तिगत र घरायसी कामकाजलाई पनि सहज हुने निश्चित छ । तसर्थ सरकारले सबैभन्दा पहिला अनुत्पादक र अधकल्चो रूपमा रहेको शुक्रबारलाई व्यवस्थित गर्नु जरुरी छ । शुक्रबार राम्रोसँग काम नहुने भएकाले कर्मचारी र सेवाग्राहीले समेत त्यस दिनलाई कार्य दिनका रूपमा गन्नै छोडेका छन् । काम लिएर बिहीबार कुनै कार्यालयमा जाँदा सोही दिन काम नसकिने भयो भने कर्मचारीले ‘अब आइतबार आउनु’ भनेर पठाइदिन्छन्, भोलिपल्टकै शुक्रबार बोलाउँदैनन् । देशकै कामकाजी प्रणालीमा यो ठूलो छिद्र हो ।

नेपाल एक बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाले धार्मिक, सांस्कृतिक पर्व धेरै हुनु स्वाभाविकै हो । ती सबै पर्वप्रति भावनात्मक सम्मान राख्दै सार्वजनिक बिदै दिने प्रचलनमा भने कटौती गर्नु जरुरी छ । कुनै तार्किक कारण नभई हचुवाका भरमा सार्वजनिक बिदा दिने चलन पनि नेपालमा रहेको छ ।

जस्तै– मार्च ८ तारिखका दिन विश्वभर मनाइने अन्तर्राष्ट्रिय नारी दिवस । यो दिवस नारीले विशेष उत्साहपूर्वक मनाउन् भनी महिला रोजगारलाई सार्वजनिक बिदा दिने चलन विश्वका प्रायः सबै मुलुकमा छ तर त्यस दिन पुरुषलाई समेत सार्वजनिक बिदा दिने उदेकलाग्दो चलन भने हालको नेपालमा मात्र रहेको पाइन्छ । तसर्थ विगतमा जस्तै नारी दिवसका दिन नारीलाई मात्र बिदा दिनुपर्छ, पुरुष रोजगारलाई त्यो दिन बिदा दिनु जरुरी छैन ।

यसैगरी मजदुर दिवस भनी मे १ तारिखका दिन विश्वभर मनाइने श्रमिक दिवसमा हामीकहाँ पछिल्ला वर्षमा बौद्धिक काम गर्ने वर्ग, विद्यार्थी, निजामती कर्मचारी, अदालत आदि सबैलाई सार्वजनिक बिदा दिने गरिएको छ, जो अनावश्यक हो । यसैगरी क्रिसमस, इद, ल्होसार आदि पर्वहरूमा सम्बन्धित धर्मावलम्बी र जातजातिका रोजगारलाई मात्र बिदा दिनु उपयुक्त हुन्छ, सबैलाई दिनु अनावश्यक हो । रामनवमी, कृष्णाष्टमी आदिमा सार्वजनिक बिदा दिनु आवश्यक छैन ।

धार्मिक बिदामा शिवरात्रि र बुद्धजयन्तीमा मात्र सार्वजनिक बिदा दिनु उचित हुन्छ । परापूर्व कालदेखि सांस्कृतिक पर्वका रूपमा मानिँदै आएको जनैपूर्णिमा ९तागाधारी र गैरतागाधारी दुवैले देशव्यापी रूपमा मनाउने गरेकाले०, माघी वा माघे सङ्क्रान्ति, फागु आदि पर्वमा सार्वजनिक बिदा दिनु आवश्यक छ ।

काठमाडौँ उपत्यकाभित्र मात्र मनाइने गाईजात्रा, घोडेजात्रा, इन्द्रजात्रा, भोटो जात्रा आदि पर्वमा दिने गरिएको बिदामाथि पुनर्विचार गर्न जरुरी छ । नेपालमा लामो बिदा हुने राष्ट्रिय पर्व दशैँको बिदामा विगतमा भन्दा हाल कटौती भएको छ, सो ठीकै छ । बिदा घटाउने नाममा घटस्थापनाको समेत बिदा कटौती गर्ने विगतको निर्णय भने अव्यावहारिक थियो । तिहारको बिदामा पनि पुनर्विचार गर्न सकिने देखिन्छ । जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिएपछि असोज ३ गते फेरि सोही गणतान्त्रिक संविधान दिवसको बिदा दिनु अनावश्यक हो ।

वर्तमान सरकारले यसपालि दिएको दुईवटा बिदा विशेष चर्चित रह्यो– पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस र फागुन १ गते जनयुद्ध दिवस । एकता दिवस नेपाल राष्ट्र स्थापनासँग सम्बन्धित भएको र लामो समयदेखि बिदा दिने गरिएकोमा बीचमा अनायास जबर्जस्ती कटौती गरिँदा धेरैतर्फबाट आलोचना भएको थियो, जो यसपालिदेखि सच्चिएको छ ।

यसपालि पहिलो पटक दिइएको जनयुद्ध दिवसबारे धेरै टीकाटिप्पणी भए तर जनयुद्धप्रति सहमत नहुनेहरूले पनि यस दिनलाई जनयुद्धका नाममा जीवन गुमाउन बाध्य भएका १७ हजारभन्दा बढी निर्दोष नेपालीप्रतिको सामूहिक श्रद्धाञ्जलि दिवसका रूपमा लिई मनाउनु अन्यथा नहोला । नेपालमा सार्वजनिक बिदासहित विशेष श्रद्धापूर्वक मनाउनैपर्ने दुई दिवस हुन्– असार २९ गते भानु जयन्ती र माघ १६ गते शहीद दिवस । बिदासम्बन्धी नयाँ नीति बनाउँदा यी दुई दिनप्रति विशेष ध्यान दिनु जरुरी छ ।

प्रदेश र स्थानीय सरकारलाई पनि आफ्नो क्षेत्रमा सार्वजनिक बिदा दिन सक्ने अधिकार दिइएको छ तर यस अधिकारको दुरुपयोग हुन नदिन सचेत हुनु अत्यावश्यक छ ।

बिदाबारे पटके निर्णय गर्ने वा कुनै स्वार्थ समूहले माग ग(यो भन्दैमा क्षणिक लोकप्रियताका लागि बिदा घोषणा गरिदिने चलनलाई बन्द गरी स्पष्ट नीतिमा आधारित रहेर सार्वजनिक बिदाको निश्चय गर्नु जरुरी छ ।

himalayan life insurance
igi long