stcnepal long ad
global ime bank long

विश्व युद्द नेपाल पनि होमिदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल चैत्र २३, २०७६ आइतबार

रवीन्द्र श्रेष्ठ

राेना भाइरसले सम्पूर्ण मानव जातिका विरूध्द तेस्रो विश्व युध्द शुरू गरि ६५ हजार भन्दा वढीलाई मृत्युु शैयामा पुर्याएकाे छ र १२ लाख भन्दा वढीलाई घाइते वनाइसकेकाे छ ।(चैत २३गते सम्ममा) । याे एक विशेष प्रकारकाे युध्द हाे ।

यसका विरूध्द लड्न आक्रमण र प्रतिरक्षा( attack and defence ) दुवै काे ठाेस याेजना चाहिन्छ । लकडाउन भनेकाे प्रतिरक्षात्मक उपाय हाे ।

यसमा केही अपवादलाइ छाेडेर जनताले सरकारलाई साथ दिएकाे छ । तर सरकारले भाइरस विरूध्द आक्रमणकाे याेजना वनाई कार्यान्वयन गर्ने जाँगर चलाएकाे छैन । आक्रमणकाे याेजना भित्र व्यापक टेष्ट अभियान चलाउने, संक्रमितलाई अस्पताल लगि उपचार गर्ने, संक्रमित का सम्पर्कमा आएकाकाे व्यापक खाेजि गरि क्वारेन्टाइन मा राख्ने, आक्रमणका लागि चाहिने नयाँ खाले गाेलावारूद बन्दुक (टेष्ट कीट, पिपिई, भेण्टिलेटर, आईसियु, सेनिटाईजर आदि) आवश्यकता अनुसार उपलब्ध गराउने काम सरकारकाे हाे ।

सरकारले अहिले सम्म केवल १६०० काे मात्र टेष्ट गरेकाे छ । याे भनेकाे सरकारकाे असक्षमता काे प्रमाण हाे । प्रतिरक्षात्मक कारवाहिमा २ कराेड ७५ लाख जनता खटिएका छन् । सरकारले आक्रमक कारवाहिका लागि सरकारी तलव खाने कम्तिमा ५ लाख लाई खटाउन सक्नु पर्दछ । यसमा नीजि अस्पताल का लाई पनि अनिवार्य खटाउन सक्नु पर्दछ । पार्टी हरूले आफ्ना विजयी जनप्रतिनिधि सबै खटाउन सक्नु पर्दछ । प्रतिरक्षा (लकडाउन) मात्रैले काेराेना भाइरसमाथि विजय पाउन सकिन्न । attack is the best method of defence in any kind of war . भाइरसले दाेश्राे चरणकाे आक्रमण(local transmission stage) शुरू गरेकाे छ ।

सरकारले पनि दाेश्राे चरणकाे आक्रमण शुरू गर्न पर्दछ । जनता यसका लागि तयार छन् । तर सरकारले ढीलाई गर्दैछ । एक हप्ताकाे ढिलाई पनि घातक र भयानक हुन्छ भन्ने अमेरिकी र युरोपेली अनुभवले देखाएको छ ।

IME Lifesidebar
kumari