कामनपा वडा न. २९ द्वारा खाद्यान्न सामग्री बितरण

आर्थिक सञ्जाल चैत्र २३, २०७६ आइतबार
काठमाडौं । काठमाडौं महानगरपालिकाका वडा न. २९ डिल्लीबजार स्थित कार्यालयबाट चामल ५ के.जि, दाल १ के.जि, आधा लिटरको तेल, नून १ के.जि, आलु आधा के.जि, को फेमिली प्याकको राहत सामग्री बितरण गरेको छ ।
उपरोक्त वडामा बसोबास गर्ने दैनिक ज्याला मजदुर गरेर आफ्नो गुजार गर्ने गरिव, असहाय , अपाङग र अति विपन्न परिवालाई राहत वितरण गरेको छ ।
एउटा परिवारलाई कम्तीमा १० दिनलाई पुग्ने खाद्यान्न वितरण गरिएको हो ।’ कोरोनाका कारण लकडाउन भएपछि दैनिक रोजीरोटी खोसिएका परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको थियो ।