stcnepal long ad
global ime bank long

स्वास्थ्य संकट गहिरिदै छ, हेलचक्काई नगरौ ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

निरज रञ्जित
आर्थिक सञ्जाल । मंगलबार, ११ चैत्र २०७६

अहिले नेपालको अवस्था जस्तो छ, १५/२० दिन अगाडि इटालीको अवस्था पनि ठिक त्यस्तै थियो ! सरकारले हरेक ठाँउमा बन्दी गरेको थियो, मानिसलाई काम नपरी बाहिर ननिस्कन भनेको थियो, साबुनपानीले हात धुन र मास्क लगाउन भनेको थियो, भेला नहुन भनेको थियो, घर भित्रै बस्न भनेको थियो !

तर अहिले हामीले कोरोना भाइरसलाई जस्तो सामान्य सोचेका छौँ, उनीहरुले पनि त्यस्तै सामान्य सोचेर सरकारलाई टेरेनन, घर बाहिर निस्कन र हिंड्न छोडेनन, रेस्टुरेन्ट जान भेला हुन गोष्ठी गर्न छोडेनन।

अब अहिले हेर्नुस् इटालीको हालत कस्तो छ, हरेक दिन तीन/चार सय जना मानिसहरुले अनाहकमा ज्यान गुमाइरहेका छन, भाइरसका कारण मर्नेको संख्या १५ दिनको अवधीमै चीनको भन्दा धेरै भैसकेको छ । पछिल्लो २४ घन्टामा मात्रै ७५० जना जतिले ज्यान गुमाएका छन। सजिलो छैन यो मरण। तपाईलाई कोरोना लाग्यो भनेर थाहा पाउने बित्तिकै परिवारसंग भेट्न दिदैनन। मरेपछि पनि घर लैजान दिदैनन। १ जनालाई लागिहाल्यो भने फैलिन धेरै समय लाग्दैन ।

नेपाल सानो देश, त्यसमाथि हामीसंग कुनै प्रविधि छैन, त्यसैले हामी र हाम्रो देश सखाप हुन कत्ती पनि समय लाग्दैन। अहिले हाम्रो सरकारले पनि हामीलाई धेरै सुझावहरु दिइराखेको छ, तर हामीले त्यसलाई मजाकमा लिइरहेका छौ, यस्तै गर्यौ भने हाम्रो हालत पनि इटालीको जस्तो नहोला भन्न सकिँदैन ।

त्यसैले हामी पनि अहिल्यै बाट सचेत होऔ। जथाभावी बाहिर ननिस्कौ। घरमै लकडाउनमा बसौ ।बेलाबेलामा साबुनपानीले हात धोऔ र आफुले समातेका बस्तुहरुमा कुनै किटाणु छैनन् भन्ने निश्चित होऔ।

मास्कको प्रयोग गरौ । भिटामीन सि युक्त खानेकुराहरु जस्तै टमाटर, खुर्सानी, सिम्ला, कागती, सुन्तला, किवि, काउली, ब्रोकाउली, इत्यादिको सेवन गरौं ।

घरमै बसौ र यो प्रकोपलाई निम्तिन नदिऔ। आफू पनि सुरक्षित रहौ र अरुलाई पनि सुरक्षित हुन निर्देशन दिऔ। नत्रभने हामी नेपालीको अस्तित्व पनि संकटमा पर्न धेरै समय लाग्ने छैन ।

IME Lifesidebar
kumari