citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

 नातीले खुकुरी प्रहार

kumari bank
Prabhu Insurance Long Ad
global bank

 

आर्थिक सञ्जाल । मंगलबार, ११ चैत्र २०७६

काठमाण्डौ। दक्षिणकाली नगरपालिका वडा न ४ बासबारीमा हिजो अपरान्ह पौने ५ बजेतिर दनपा वडा न ४ बासबारीका बिजय मगरले घरायसी बिबादको रिसमा आफ्ना हजुरबुबा वर्ष ७५ को कृष्ण बहादुर,हजुरआमा मिस्री मगरलाइ खुकुरी प्रहार गरेपछि हजुरबाको टाउकोमा गहिरो चोट लागेको छ भने हजुर आमाको हातको औलामा गहिरो चोट लागेको छ।
झगडा देखेर छुटाउन आएका छिमेकी वर्ष ४० को कान्छाराम श्रेष्ठलाई समेत खुकुरी प्रहार हुदा उनको टाउको र ढाडमा चोट लागेको छ । हजुरबुबा र हजुर आमाको उपचार लागि ट्रमा सेन्टरमा भैरहेको छ भने छिमेकी कान्छारामलाई मनमोहन अस्पताल फर्पिङमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने ब्यक्ति बिजय मगर भागेकोले अहिले प्रहरीले घटनास्थल अध्ययन गरि थप अनुसन्धान सहित खोजी कार्य जारी राखेको बुझिएको छ । छिमेकी कान्छा श्रेष्ठ खुकुरी लागेपछी कराउदै सडकमा आएपछी स्थानियले थाहा पाएको र खुकुरी प्रहारकर्तालाई राति  १२ बजेतिर ललितपुरबाट पक्राउ गरिएको छ ।

gold
himalayan life insurance long ad