citizens life insurance long ad
stcnepal long ad

नेपाली श्रमिक र मजदुरका उपलव्धी

Nimb long ad
Prabhu Insurance Long Ad

छरिएर रहेका नेपालका ट्रेड युनियनहरुलाई एकीकृत गर्दै सन २००७ मा जेटियुसीसी गठन भएको थियो। जेटियुसीसी मार्फत श्रमिकहरुका आवाज मजवुद बनाउन नेपालका श्रमिकहरू सफल हुँदै आएका छन् ।

विविधतामा एकता भन्ने नाराको प्रवर्द्वनको सिद्धान्तबाट निर्देशित जेटियुसीसीले नेपालमा ट्रेड युनियनका प्रयासहरुलाई एकीकृत गर्न नेतृत्व लिएको छ र नीतिगत सुधार, औद्योगीक शान्ति र विकासको लागि श्रमिकका साझा मुद्दाहरु उठाउदै आइरहेको छ ।

जेटियुसीसीका प्रमुख उपलब्धीहरुमा नयाँ संविधानमा श्रमिकका अधिकारलाई मौलिक हककोरुपमा समावेश गरिनु, नयाँ श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा र स्कीमहरुको प्रादुर्भाव हुन् आदि रहेका छन ।

कोभिड–१९ महामारीले नेपालको समग्र श्रम बजारमा विनाशकारी प्रभाव पारेको छ । खासगरी असंगठित क्षेत्रका श्रमिक तथा प्रवासबाट फर्किएका श्रमिकहरुलाई यसले ठूलो धक्का दिएको छ । श्रमिकको स्वस्थ्य सुरक्षा, रोजगार र आय सुरक्षा, सामाजिक संरक्षण आदि सुनिश्चित गर्नको लागि प्रभावकारी कदम चाल्न जेटियुसीसीले सरकार र रोजगारदातासँग पैरवी गर्दै आएको छ ।

यद्यपी महामारीको यो विषम परिस्थितीमा मजदुरहरुको लागि सरकारको तर्फबाट राहत तथा अन्य सहयोगहरु उपलब्ध गराइएको छैन । ट्रेड युनियनहरुले आफ्नो स्रोत साधनबाट सबैभन्दा बढी प्रभावित श्रमिकलाई सक्दो सहयोग गरिरहेका छन् ।

प्रभावकारीरुपमा सामाजिक सुरक्षा र श्रम ऐन कार्यान्वयन गर्न हामीले ठूलो चुनौतीहरुको सामना गरिरहेका छौ । साथै कोभिड महामारीका वाहानामा र श्रम ऐनको धारा १४५ को दुरुपयोग गर्दै रोजगारदाताहरु श्रमिक निष्काशन गर्ने र कम सुविधा दिएर आउट सोर्सिङको माध्यमबाट श्रमिक नियुक्ती गर्ने क्रम बढेको छ । श्रम ऐनको प्रभावकारी कार्यन्वयन गर्न र श्रमिकको अधिकार कटौती गर्ने कानून संशोधन गर्न नेपाली श्रमिकहरू संघर्षरत छन् ।

श्रमिकको माग र श्रम ऐनका प्रावधान विपरित सरकारले हालै न्युनतम वेतन घोषणा गरेको छ । जुन अर्को आर्थिक वर्ष देखि लागु गर्ने भनेको छ । तर यसबारे श्रमिकले सरकारलाई उक्त निर्णय संशोधन गर्न र न्युनतम वेतन अधिल्लो वर्षदेखिनै लागु गर्न चर्को दबाव दिइरहेका छन् ।

कोभिड–१९ संकटको बदलिंदो सन्दर्भमा श्रम तथा रोजगार सम्वन्धमा नेपाली मजदुर सबलेै नयाँ चुनौतीहरु सामना गरिरहेका छन् । तसर्थ, विभिन्न समस्याहरुलाई प्रभावकारी सामाजिक संवादको माध्यमबाट सम्वोधन गर्न र मर्यादित काम सुनिश्चित गर्न हामी सबैले सामाजिक साझेदारहरुसँग आफ्नो प्रतिवद्धता बढाउन जरुरी छ ।

यी सबै विषयहरुमा आईएलओले सहयोग गर्दै आएको छ । यश कठिन घडिमा श्रमिकलाई आफ्ना मुु्द्धाहरुमा केन्द्रीत हुन र श्रमिक अधिकारको लागि संघर्ष गर्न एक ठाउँमा ल्याउँने छ र विश्वभरबाट अझ बढी ऐक्यवद्धता र सहयोग प्राप्त हुनेछ ।

IME Life
kumari