stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

अनुपम पर्वत श्रृंखलाको बिग्रँदो अवस्था र त्यसको प्रभाव

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

–लोकनारायण सुवेदी

यो विश्वमा हाम्रो जस्तो प्रकृतिले दिएको अदभुत, अनुपम र मनोरम पर्वत श्रृंखलाको वरदान अन्यत्र कतै पाइँदैन । विश्वका १० वटा यस्ता उच्चतम पर्वत शिखरमध्ये विश्वकै सर्वोच्च शीखर सगरमाथा लगायत ८ वटा उच्च शिखरहरु नेपालमै रहेका छन् ।

हिमच्छादित यी पर्वत शिखरहरु केवल मनोरम उच्च शिखर भएकाले पर्यटनको हिसाबले मात्रै समान्य चर्चामा रहेको जस्तो लाग्छ । तर ती सुन्दर र उच्च देखिने शिखरहरु यतिमै मात्र सीमित छैनन् ।

बरु अझ महत्त्वपूर्ण कुरा त त्यो भन्दा गम्भीर र अत्यन्तै सोचनीय पनि छ । जुन कुरा हाम्रो देश र यहाँको जनजीवनसँग अभिन्न रुपले गाँसिएका छ र हामी र हाम्रो प्रकृतिको अस्तित्वसँगै जोडिएका छ ।

अहिले हामी पर्यटन वर्ष २०२० को संघारमा छौं । यो पर्यटन वर्षको सफलता मूलतः हाम्रा यी प्रकृतिका मनोरम हिमपर्वत श्रृंखलासँग सबैभन्दा बढी भर पर्दछ । किनभने नेपालको चुनौतिपूर्ण पर्वत श्रृंखलाको यो मनोरम र साहसिलो पर्वत आरोअण गर्न र सुन्दरतामा रम्न नै मूलतः पर्यटकहरु आउने गर्दछन् ।

तर यी हाम्रा पर्वत श्रृंखलाहरु केवल पर्वतारोहणका लागि मात्र सीमित छैनन् । तिनको हाम्रो लागि र खाशगरी अझ बढी यो क्षेत्र वरिपरिका १८ देशहरुका लागि समेतको जनजीवनसँग अभिन्नरुपले गाँसिएको महत्त्वपूर्ण सम्वन्ध छ ।

पहिलो कुरा त यस क्षेत्रको भूगोलको आकार आफैमा नै अत्यन्तै महत्त्वपूर्ण र अदभुत छ । यसले गर्दा यस क्षेत्रका हरेक ठाउँलाई उच्चतम सम्मान स्वरुप ‘‘देवता’’ कै निवास भनेर जनजीवनले मान्दै आएको छ ।

हुन पनि सूर्यको तापकक्रमले बंगालको खाडी र अरब सागरबाट जुन वर्षादि वादल आकाशमा उठ्ने गर्दछन् त्यसबाट आउने मनसुनी वर्षाको कारण यही हिमालय पर्वतश्रृंखला हो । वास्तवमा भन्ने हो भने हाम्रो वार्षिक वर्षा यो हिमालयको ऋणी छ भने पनि कुनै अत्युक्ति हुँदैन । अनि हिमालयकै कारण नेपालमा अन्यत्र जस्तो शीत लहर पनि आउन पाउँदैन ।

हिमालयले गर्दा नै हाम्रो देशले मरुभूमिको समस्या पनि बहोर्नु परेको छैन । यदि यो हिमालय यहाँ हुदैनथ्यो भने हाम्रो प्राकृतिक स्थिति के कस्तो भयावह हुने थियो त्यसको कल्पना मात्र गर्न सकिन्छ । त्यसैले हाम्रो हिमालय केवल विश्वका सर्वोच्च पर्वत श्रृंखला भएर मात्र होइन, हाम्रो एउटा प्राकृतिक सुरक्षा कवज भएर पनि हाम्रो उत्तरमा उभ्भिएको छ ।

अनि हाम्रा ठूला कर्णाली, गण्डकी, कोशी जस्ता नदी नालाहरुको शिर पनि हिमालयसँगै गाँसिएको छ भने अरु तीभन्दा साना नदीनाला पनि वास्तवमा उत्तरमा यो हिमालय श्रृंखला भएकैले निःसृत भएर बगेका हुन् भन्ने कुरा बुझ्न सकिन्छ । अनि हिमालयका हिमतालहरुको महत्त्व पनि त्यत्तिकै छ । यसरी हामीले मानिसको बसोबास, कृषि तथा वनस्पतिको उत्पादन र जीवजन्तुको प्राकृतिक घरको सुरक्षा र संरक्षण पनि यही हिमाली पर्वतका टाकुराहरुकै कारण हुन पुगिरहेको कुरा बिर्सन बिल्कुलै मिल्दैन ।

अर्कोतिर खेतीका लागि उर्वरा माटोको श्रोत पनि यही हिमालय पर्वतमाला बनेको छ । हाम्रो खेतीपाती, वनस्पति लहलहाउने एउटा प्रमुख र महत्त्वपूर्ण माटोको श्रोत पनि यही पर्वतमाला नै बन्न पुगेको विज्ञहरुले बताइरहेका छन् । भनिन्छ प्रत्येक वर्ष विभिन्न खनिज युक्त १,९२० लाख टन जति उत्पादनशील माटो यही हिमालयबाट नेपालको बढीजसो भागमा र भारतमा समेत प्रविष्ट गर्ने गर्दछ ।

त्यसै माटोमा खडा भएर हाम्रा बालीनालीहरु लहलहाउने गरेका छन् । त्यसैले एकदमै प्रष्ट छ, हिमालय हाम्रो मनोरम भौगोलिक भूभाग भएकाले हामीलाई प्रफुल्ल तुल्याउने दृष्यावली प्रदान गर्ने साधन मात्रै होइन यो हाम्रो खाद्यान्न लगायतका कृषि तथा वनोपजलाई सुनिश्चितता प्रदान गर्ने र हाम्रो खाद्य सुरक्षलाई सुनिश्चितता दिने आधारभूत माध्यम पनि हो । यसरी एकदमै प्रष्ट छ कि यो हिमालयको कति ठूलो महत्त्व छ । संक्षेपमा मात्रै त्यसले दिने उपकारको गन्ति र वर्णन गर्ने हो भने पनि एउटा ठूलै ग्रन्थ बन्न सक्छ ।

तर यति ठूलो महत्वको हाम्रो देशको गौरव र गरिमालाई उच्च उठाउने यो हाम्रो हिमाली श्रृंखलालाई हामीले उचित संरक्षण र सम्बर्द्धन गर्न यथेष्ठ ध्यान दिन सकिरहेका छैनौं । हुन पनि यो हिमालयलाई हामीले सामान्यरुपमा पर्वतारोही पर्यटकहरुलाई देखाएर आम्दानी गर्ने श्रोत – सेतो डलर– कोरुपमा मात्र हेर्ने गरेका त छौं । तर त्यसका लागि पनि यो हिमालय क्षेत्रप्रति राष्ट्रिय योजनाको बृहत प्रसंगमा कुनै छलफल, चिन्ता र चासो अहिलेसम्म गम्भीररुपमा लिने गरेको पाइँदैन ।

यो प्रकृतिको अनुपम वरदानलाई कसरी संरक्षण गर्ने र यसको सदुपयोग सही किसिमले कसरी गर्ने भन्ने बारे आज अझ बढी व्यापकरुपमा राष्ट्रिय स्तरमा गम्भीर छलफल चलाउनु अत्यावश्यक देखिन्छ । यसबाट एउटा हिमालय ‘मिसन’ नै लिएर अघि बढ्नुपर्ने ज्वलन्त आवश्यकता रहेको विज्ञहरु बताउँछन् ।

खासगरी हिमालय क्षेत्रको पर्यावरण जोगाउन, वातावरणलाई सन्तुलित राख्न, बाढी, पहिरो र सुख्खाबाट बच्न र तिनबाट कम क्षति मात्र पुग्ने स्थिति सिर्जना गर्नका निमित्त पनि ‘हिमालय मिसन’को बहुआयामिक प्रश्न हाम्रा अगाडि उपस्थित छ । किनकि ती हिमाली हिमनदी, हिमताल र हिमालय निःसृत हाम्रा नदीनालाहरुमा अवाञ्छित हस्तक्षेपकै कारण अप्रत्याशित प्राकृतिक विपत्तिहरु आउने गरेको कुरा पनि अध्ययनकर्ताहरुले औंल्याउने गरेका छन् ।

अहिलेसम्म हामीले हाम्रो जल संशाधनको पनि राष्ट्रिय हितमा उचित सदुपयोग एकातिर गर्न सकेका र सिकेका छैनौँ भने आर्कोतिर यी हिमश्रृंखलाबाट भएर बगेका नदीहरुको पानीबाट प्राप्त गर्न सकिने ऊर्जा ९विद्युत०, सिँचाइ आदि ऊर्जालाई पनि उत्पादनसँग जोड्ने नाममा जे–जे गर्दै आएका छौँ । त्यसले गर्दा नै हिमालयदेखि बंगालको खाडीसम्म मनसुन बाढी र खडेरीको प्रकोपले ठूलो नोक्सानी गरिरहेको छ ।

त्यसैले जीवनदायिनी यो हिमालय क्षेत्रलाई प्रकृति र मानवमैत्री किसिमले सदुपयोग र सुसञ्चालन गर्न सिक्नु र सक्नुपर्ने आवश्यकता पहिले कहिल्यैभन्दा बढी आज छ । किनभने आज विश्व नै जलवायु परिवर्तनको जुन समस्याले आक्रान्त छ त्यसबाट जोगिन आवश्यक छ ।

himalayan life insurance
igi long