Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

१३२ औं अन्तर्राष्ट्रिय मजदुर दिवस र मजदुरको समस्या

civilbank long ad

–नीरज रञ्जित 

विक्रम सम्वत २०७८ वैशाख १८ तदनुसार १ मई २०२१ संसारका श्रमिकवर्गका लागि गौरवको दिन हो । अमेरिकी श्रमिकवर्गले वीरता र वलिदानद्वारा पुँजिपतिवर्ग द्वारा गरिदै आएको श्रमशक्तिको बर्बर शोषणका विरुद्ध विजय प्राप्त गरेको ऐतिहासिक दिनको स्मरण गर्नु र त्यसको आलोकमा श्रमिक आन्दोलनको बाटो तय गर्नुले विशेष अर्थ राख्दछ ।

१३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा देश विदेशमा कार्यरत श्रमिकहरुमा म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । श्रमिकवर्गको मुक्ति र परिवर्तनका लागि जीवन आहुती दिने महान शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण पनि गर्दछु।

मजदुरवर्गको त्याग, वीरता, वलिदान र विद्रोहबाट प्राप्त लोकतन्त्र,समाजवाद विश्व पुँजिवादले अगाडि बढाएको उदारीकरण आजसम्म आउँदा भूमण्डलिकृत भैसकेको छ । उदारीकरण, भूमण्डलिकरण र विश्वव्यापीकरणको नारा लगाउदै संसारभरका साधन श्रोत, सम्पदा र श्रम शक्तिको दोहन गरेर पुँजिपतिवर्गले सबै वैभव खास देश र मुठ्ठीभर मानिसहरूको मुठ्ठीमा संकेन्द्रीत गरिरहेको छ भने अरबौ मानिसहरु अभाव, गरिबी र बेरोजगारीको दु ;ख सागरबाट उन्मुक्तिको निम्ति संघर्ष गरिरहेका छन ।

वर्तमान विश्व पुँजिवादले देशीय सीमाहरु भत्काएर आफ्नो उत्पादन, वितरण र नाफाको विस्तार मात्र गरेको छैन बरु श्रम बजारलाई समेत विश्वव्यापी बनाइदिएको छ । नेपाल लगायत तेस्रो विश्वका श्रमिकहरु वैदेशिक रोजगारीको अपमानजनक श्रम बजारमा भौतारिनेछ बाध्य भइरहेका छन ।

अँध्यारो युगको अन्त्य र नयाँ उज्यालो युग सुरुवातको चर्को प्रचारबाजी गरेर वर्तमान संसदीय व्यवस्था र त्यसको नेतृत्वले नेपाली श्रमिकहरुको आँखामा छारो हाल्दै कथित उदारीकरणका नाममा श्रमिक विरोधी ऐन, कानुन र व्यवस्था लागु गर्दै आइरहेको छ ।

अस्थायी, करार र ज्यालादारी श्रम नीतिका आधारमा कथित लगानीमैत्री श्रम ऐन, ट्रेड युनियन ऐनका साथै कथित रोजगारदाताको नाममा श्रमिकहरुको श्रमको शोषण गर्न दलालहरुको तहगत संरचना समेत निर्माण गरेर श्रमिकहरुको वर्तमान र भविष्य समेत अन्योलपुर्ण, अनिश्चित र अपमानजनक बनाउदै लगेको छ ।

पुँजिपति वर्गको चन्दा, अनुदान र सहायताका नाममा साम्राज्यवादी तथा विश्व पुँजिवादी परियोजना संचालन गरेर संसारका जस्तै नेपालका कथित ट्रेड युनियनहरुले समेत श्रमिकवर्गको शोषणका निम्ति पुँजिपतिवर्गलाई मद्दत पुर्‍याउदै आएका छन ।

यस्तो अवस्थामा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने कुरा गर्दा विश्व पुँजिवाद, घरेलु प्रतिक्रियावाद तथा दलाल ट्रेड युनियनवादका विरुद्ध समेत संघर्ष गरेर अगाडि बढ्नु र विजय प्राप्त गर्नु भन्ने कुरामा स्पष्टता हासिल गर्नु महत्त्वपूर्ण हुन्छ ।

आज पुँजिवादी लुट र डकैती संसारभर नांगिदै मात्र गैरहेको छैन बरु श्रमिकवर्गको विरोध र आक्रमणको निशानामा समेत पर्दै आइरहेको छ । यो अवस्थामा विश्व पुँजिवाद तथा तिनका दलाल शासकहरुले खडा गरेका चुनौतीहरुको सामना गर्दै क्रान्तिकारी मजदुर आन्दोलनलाई नयाँ उचाइमा उठाउन र श्रमिकवर्गको राजनैतिक व्यवस्था स्थापना गर्न दृढतापुर्वक अगाडि बढ्नु आजको आवश्यकता भएको छ ।

संसारभर मजदुरहरूको संख्या अत्याधिक बृद्धी भई रहे पनि संगठन, आवाज र कार्यप्रदर्शनका प्रभावकारिता झन झन कमजोर देखि रहेकाले मजदुर आवाज र हक अधिकार प्राप्ती लगायत सशक्तीकरण पक्षहरूमा सापेक्ष रूपमा झन् झन् ओरालो लागि रहनु दुर्भाग्य हो सबैका लागि।

फलस्वरूप संसारभर शोषणका संयन्त्रहरू र कर्पोरेट पावर सर्बत्र, खासगरि आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक पक्षहरूमा हावी हुँदै गएकोले मानव–मानव बीचका सबै खाले खाडलहरू बढदैछ। नयाँ खाले दाशता, बाध्यात्मक परिस्थिति र शोषण गर्नै पद्धतिहरू त्यही कारण विकसित भईरहेको मात्र होईन सुसांस्कृतिकरण भएको प्रचार प्रसार गरि सामाजिक बाध्यता बन्दै गएको सबैले बेहोर्नु परिरहेको छ। मजदुरलाई बाध्य पारी झर्ला र खाउँलाू को पात्र बनाई रहेको छ।

आशा छ, संसारभरका मजदुरहरूको यतातिर ध्यान आकर्षित हुन सकेर पुनस् एकिकृत हुँदै आफ्ना हक अधिकार साकार बनाई सबै क्षेत्रमा कर्ता भएर स्थापित गर्दै दुनियाँलाई बदल्ने छ। यसपालीको मई दिवसको उपलक्ष्यमा यही शुभकामना प्रकट गर्दछु।


१९ वैशाख २०७८, आइतवार ०७:३५ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad