stcnepal long ad
global ime bank long

नेपाल देवभूमि र भगवान जन्मिएकाे भूमि हाे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

–निरज रञ्जित 

भगवान राम कहाँ जन्मेका हुन् ? नेपाल कि भारत वर्ष ? कुनै समय गंगावारी नेपाली साम्राज्य थियाे, याे इतिहासले पुष्टि गरि सकेकाे तथ्य हाे । यश हिसावले राम जन्मेकाे भूमी कुनै वेला नेपालकाे थियाे ।

यही तथ्यकाे आधारमा प्रधानमन्त्री केपी शर्मा अाेलीले भगवान रामकाे जन्म भूमी नेपाल वा हालकाे पर्साकाे ठाेरी,चितवनकाे माडि अयाेध्यापुरी भन्ने अर्थ आउने गरि बाेलेपछि नेपालमा नयाँ हलचल पैदा भएकाे छ ।

मलाई र हामी मध्ये धेरैलाई के चाहिं पक्का थाहा छ भने संसारमा जति पनि भगवान र महात्मा छन् ती सबै एशियामा जन्मेका छन् । र, त्यसमा ९० प्रतिशत भगवान नेपालमा जन्मेका छन् । किनकि यो तपोभूमि हो । जहाँ बहादुर जन्मन्छन् भगवान पनि त्यही जन्मन्छन् । त्यसैले वीर गोर्खालीको भूमि नेपाल भनेको भगवानहरुको जन्म भूमि हो ।

चाहे शिव, गोरखनाथ, माता दुर्गा, काली, पार्वती, अष्टाबक्र, राजा जनक, विदुषी गार्गी, विश्वामित्र, वाल्मिकी, बराह अवतार, वेद व्यास, गणेश, लभ कुश, कौशिक, पाणिनी, भगवान बुद्ध र अरु पनि धेरै ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्टेटमेन्टले नेपालका इण्डियन दलालहरू भने खुबै बहुलाई रहेका छन् । र, बीच सडकमा नांगो भइरहेका छन् । बहुलाएर केपी शर्मा ओलीलाई गाली गर्नमा व्यस्त छन् ।

भगवान राम नेपालको अयोध्यापुरमा जन्मेका हुन् भन्ने के प्रमाण छ र केपी ओली बोलेका हुन् भन्नेहरुले इण्डियनलाई पनि सोध जसलाई इण्डियनहरु अयोध्या भन्दै दुनियाँलाई मूर्ख बनाइरहेका छन् उनीहरुसँग त्यसको के प्रमाण छ ? छैन।

जहाँ मुसलमानकाे बाबरी मस्जिद छ,त्यहाँ कसरी राम मन्दिर हुन सक्छ सदियाै देखि याे विवाद हुँदै आएकाे छ। भारत सरकारकाे टाउकाे यसले खाएकाे छ । अयोध्या मात्र हैन,रामपुर पनि चितवनमा पर्दछ।पटना, राँची पनि नेपालमै पर्दथ्याे । अनि महाभारतका कुरुप पात्र हुन्, किच्चक ।

किच्चक बध भएको ठाउँ झापामा छ । विराट राजाकाे दरवार विराटनगरमा छ,रामधुनी सुनसरीमा छ।रामपुर, पाण्डव नगर,वाल्मिकिनगर,रामनगर चितवनमा पर्दछ। रामपुर,रामघाट पाल्पामा पर्छ ।यसले राम यतै राज्य गर्थे भन्न सकिन्छ। अजिज्ञासुहरुले हाम्रा प्रधानमन्त्रीज्युकाे हुर्मत लिएका छन् ।

मचाँहि राम नेपालमा जन्मेका हुन भनेर पिएमले बाेल्दा अपराध भाे भन्नेमा पिटिक्कै छैन । यसले त दुई देशबीच संस्कृतिकाे गहिराे खाेजमा बल मिलेकाे छ भन्ने तर्कमा छु ।

तर, यहाँ कुनै समय रामसँगसँगै गाेठालाे गाकाे, भकुण्डो खेलेकाे, साँझपख यसाे भट्टिमै छिरेर एकदुई प्याला लगाएको, अयाेध्यातिर रामकाे हात समातेर लड्डु खाँदै घुमेकाे जसरी बहसमा उत्रिएका छन् ।

ए, भगवान र राम ठाेरी कि अयाेध्यामा जन्मेका ? धेरैले भन्छन अयाेध्यायमा तर प्राचीन अयाेध्यायका वारेमा विवाद छ।न सीता थिइन्, न त राम नै थियाे । यी त हिन्दुमिथकीय साहित्यिक आख्यानका पात्रहरू मात्र हुन् कि भनेर तर्क गर्नेहरू पनि छन्।

जनकपुरकाे जानकी मन्दिर प्राचीनकालमा बाैधविहार हाे जाे पछि हिन्दुअतिक्रमण भएकाे हाे । जानकी मन्दिरकाे जुन संरचनागत ढाँचा छ त्याे हिन्दुमन्दिरकाे माैलिक विशेषता हाेइन । हिन्दुमन्दिरकाे माैलिक संरचना भनेकाे शिखर तथा पेगाेडा शैली हाे ।

भारतकाे अयाेध्याकाे राममन्दिर प्रचीनकालमा बाैद्धविहार हाे जसलाई मुगल (मंगाेल) साम्राज्यका संस्थापक बाबरले भत्काएर त्यस ठाउँमा मस्जित बनाएका थिए भनिदैआएकाे छ ।

त्यसलाई भर्खरै माेदीहरूले भत्काएर राममन्दिर बनाउने भनिरहेका छन् । यी सब पुरातात्विक विज्ञानले पुष्टि गरिसकेका छन् । द्वान्द्वात्मक भाैतिकवादी भनिने केपी ओलीहरूले नेपाललाई बारम्बार ऋषिमुनिहरूकाे देश भनिरहनु ; हाँस्ने नारीहरूलाई वेश्याकाे दर्जा दिने भानुभक्तकाे गाैरवगाथा गाउनु र रामलाई नेपाली भुमिसंग जाेड्न खाेज्नु हिन्दुवादकाे चरम दुरूपयाेग हाे । राम, रामायण र अयोध्या आफैमा मिथक मात्र हो ।

रामायण आफैमा वाल्मीकिबाट संस्कृतमा रचना भएको महाकाव्य हो । परम्परा र जनश्रुती हुँदै रामायणको रचना भएको तथ्य हामी सबैको सामु रहेको छ । यही पृष्ठभूमिमा भारतमा निर्मित अयोध्या मानव निर्मित हो । यससंग रामको जन्मसँग कुनै सम्बन्ध छैन ।

हाल भारतको उत्तरप्रदेशमा रहेको अयोध्या प्राचीन त होला, तर रामजन्मसँग यसको कुनै सम्बन्ध छैन । यसैले अयोध्यालाई यही रुपमा बुझनु पर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीमा अयोध्या थियो भन्नु कुनै गल्ती गरेका छैनन् । बरु केही माक्सवादी र राष्टवादीहरुको प्रतिक्रिया पो अचम्म लाग्दो छ ।

प्रतिक्रिया हेर्दा लाग्छ, राम जन्मेको उनीहरुले देखेका थिए । नेपालले जारी गरेको संविधान रोक्न नेपालमा आगो लगाउन खोज्ने भारत, बुद्ध भारतमा जन्मिएका हुन भनेर बिद्यालय पाठ्यक्रममै राख्ने, अन्तरराष्ट्रिय फोरममा बुद्ध भारतका हुन भनी बुद्धको नक्कली जन्मभुमी समेत बनाउने भारतलाई प्रधानमन्त्री नरेन्द्र माेदीले राम नेपाली भूमिकै हुन भन्दा उसको चित्त दुख्छ, यसले सम्बन्ध बिगार्छ भन्ने नेपाली स्वघोषित बुद्दिजिवी र मेडिया नियाल्नुस त, मोदीले बुद्ध भारतका हुन भन्दा नेपालको चित्त दुखेको छ भनेर हेडलाइन किन नलेखेको?

प्रम ओलीलाई उडाउन भारतको चित्त समेत थाम्न तयार छन उताका भत्ता खानेहरु। अयोध्याका बिषयमा भारतमै राम जन्मभुमी हो र हैन भन्नेमा ठुलो बिबाद छ। सन् १९९२ मा यही काण्डले अयोध्यामा रक्तपातपूर्ण धार्मिक लडाईं भो। प्रधानमन्त्रिले किन यसो बोल्नुभो भन्ने कुरा नेपालका उपबुज्रुकहरुले बुझेकै छैनन।

भारतमा चाँही यसले भुकम्पै जान्छ। भारतले कालापानी हाम्रो हो भनेर दादागिरी देखाएर नेपाली भुभाग कब्जा गर्दा, नेपालले आफ्नो भुमी समेटेर नक्सा जारी गर्दा सबै मर्यादा नाघेर सबै नेपालीलाई गाली गर्ने भारतीय मिडियाका बिरुद्ध एक वाक्य लेख्न नसक्ने मिडिया र एक शब्द बोल्न नसक्ने राता क्रान्तिकारीहरुले केपी ओलीलाई सराप्ने ? भारतीय मिडियाले जे बाेलिरहेका छन् हाम्रा नेपालका विद्वानहरुले ठ्याक्कै त्यहि कपि गरेर हाम्राे गरेका छैनन्।

IME Lifesidebar
kumari