stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

धान दिवस र आगामी कार्यनीति

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

नारायण काेइराला

नेपाल कृषि प्रधान देश हाे । यहाँका ६८ प्रतिशत जनता कृषिपेशामा आवद्द छन। पञ्चायत कालमा धान चामल निर्यात कम्पनी मार्फत धान ,चामल र दाल निर्यात हुन्थ्यो । अहिले खाद्यान्न, तरकारी , फलफुल र शुध्द फुल समेत गरि झण्डै २ खरब रूपैयाँको आयात हुन्छ ।

यो आयात गर्ने क्रम त्यतिबेलाबाट सुरुहुन थाल्यो जब हामी खाधान्य निर्यात होइन उद्यमी हात निर्यात गर्न सुरु गर्यौ । यो उच्च त्यति बेला भयो जब बिदेशीको पुर्ण सहयोगमा जनयुध्दको नाउमा धुन्धकारीहरुले गाउगाउमा हत्या सुरु गरे अनि युबा बिदेस जान बाध्य भए – अरु बिस्थापित ।

आज तिनै धुन्धकारी समेतको राज्यसत्तामा हालिमुहाली छ । ध्वम्स गर्नेले निर्माण कसरी गर्न सक्छ ? बादरले घर कहाँ बनाउछ ? हामी कृषिमा फेरि आत्मनिर्भर हुन सक्छौ ३ बर्ष भित्रै ।

फलफुललाई मात्र ५/६ बर्ष समय लाग्छ , मात्र इच्छा शक्ति हुनु पर्यो ! भु उपयोग , स्वामित्व, चक्लाबन्दी र जग्गा भाडा बारे उपयुक्त नीति , कानुनको निर्माण र जग्गाको हदबन्दिको समाप्ति।

 स्थानिय सरकारको बजेटबाटै ;

उद्यमिको पहिचान गरि तालिम , कृषि उपकरण, सहुलियत ऋण, उत्पादन किनिदिने ग्यारेण्टी र स्थानिय बजारको ब्यबस्थापन । – स्थानिय अबस्था , भुबनोट, सिचाइ, समेतको अध्ययन बाट कहाँ के को सम्भाबना छ ;

नगदेबालीमा जोड । – नीति , कानुन ,सम्यन्त्र निर्माण , बजार ब्यबस्थापन र उद्यमी पहिचान गर्दै उपकरण र ऋणको ब्यबस्था १ बर्ष भित्रै गर्न सकिन्छ । -दोश्रो बर्षबाट उत्पादन सुरु गर्दै , उद्यमी थप्दै र कमिकमजोरी भएको पक्ष हटाउदै जान सकिन्छ !

तेश्रो बर्षबाट व्यापक उत्पादन गर्न सकिन्छ ! तर के यस्तो सोच्ने , योजना बनाउने र कार्यान्वयन गराउने काम यहि सरकार, यहि सोच , शैली, सहयोगीबाट सम्भब छ ? त्यतिमात्र होइन ; यी दलहरु र तिनका टाउकेहरुमा यस्तो कहिल्यै सोचेका होलान ? वा तदनुरुप कार्य गर्न आ- आफ्ना दलका स्था सरकारलाइ निर्देसन देलान ? र कार्यान्वयन होला ? समग्रमा यि सबै कुराहरु ; सोच अर्थात बिचार हो – जुन यो जमात सग छैन । त्यस्तो समरचना नै छैन । समग्रमा त्यो भनेको बर्तमान ब्यबस्था र नेतृत्व हो – त्यसको समाप्ती नभै यी रचनात्मक कार्य किमार्थ सम्भभ छैन !

धान दिबस त त्यति बेला पो मनाउने – जतिबेला हामी आत्मनिर्भर हुन्छौ ! गमलामा धान रोपेर वा कुनै मन्त्रीजि बाट धान रोपेको फोटो छापेर धान दिबस मनाउनुको के अर्थ ?

prabhu mahalaxmi
kumari bank
kumari