stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपाल इन्भेष्टमेण्ट बैंकको बोनस शेयर हितग्राही खातामा जम्मा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले १० दशमलव ५ प्रतिशत बोनस शेयर सदस्यहरुको हितग्राही खातामा जम्मा गरिदिएको छ । बैंकले आइतवार सुचना जारी गरि गत पुस २८ गते ३३ औं वार्षिक साधारण सभाबाट पारित गरेको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज ( नेप्स) मा सूचीकृत गराए पश्चात हितग्राही खातामा जम्मा गरेको बताएको हो ।

बैंकले पुस १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा बोनस शेयर हितग्राही जम्मा गरेको हो । सो मितिपश्चात शेयर अभौतिकीकरण गराएकाहरुको हकमा क्रमश बोनस शेयर जम्मा हुने समेत बैंकले जानकारी दिएको हो ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगराएकाहरुलाई यथासिघ्र गराई आफ्नो बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न बैंकले आग्रह गरेको छ ।

पुस १३ गतेसम्म शेयर बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममानै रोक्का जनाई जम्मा हुने हुदाँ शेयर रोक्का रहे नरहेको यकिन गर्न समेत बैंकले भनेको छ ।
यस बैंकले नेप्सेमा भने जेठ ११ गते बोनस शेयर सूचीकृत गराएको हो । बोनस शेयर हितग्राही खातामा प्राप्त गरिसकेका शेयरधनीहरुले बजार सुचारु भए कारोबार गर्न सक्नेछन् ।

prabhu mahalaxmi
kumari bank
kumari