stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पर्यटकलाई छुट्टै विशेष सिटी बस

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले अंग्रेजी नयाँ वर्षदेखि विदेशी पर्यटकका लागि सिटी बस सञ्चालन तयारी थालेको छ । पर्यटकका लागि सम्पदा क्षेत्र प्रचारप्रसारका लागि करिब ३० किलोमिटर लामो पूरा यात्रा गर्न ३ घण्टा लाग्नेछ ।

बस टिकट लिएपछि दिनभर ‘होप अन होप अफ’का जुनसुकै बस चढ्न पाउनेगरी व्यवस्था गरिने भएको छ ।

काठमाडौं उपत्यकाका सम्पदा क्षेत्र अवलोकन गर्न आउने पर्यटकका लागि ‘होप अन होप अफ’ सिटी बस सञ्चालन गर्न लागिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अघि सारेको ‘पर्यटन पुनरोत्थान कार्ययोजना’अन्तर्गत सिटी बस सञ्चालन तयारी भएको हो ।

पहिलो चरणमा साझा यातायातका पाँच बिजुली बस हरेक आधा घण्टामा ललितपुर पाटन, काठमाडौं दरबार, पाशुपत क्षेत्र, बौद्धनाथ र स्वयम्भूनाथका लागि सञ्चालन गरिनेछ ।

पहिलो चरणको कार्यक्रम सफल भएपछि भक्तपुर दरबार क्षेत्र र चाँगुनारायणसम्म लैजाने योजना छ ।

सिटी बस प्रभावकारी रूपमा सञ्चालन’दयगत सरोकारवालासँग मन्त्रालयले छलफलसमेत गर्दै आएको छ । यसअघि मन्त्रालयमा भएको छलफलमा साझा यातायात सञ्चालक, व्यवसायी, विज्ञ तथा ट्राफिक प्रहरीलगायत सरोकारवालासँग छलफल गरेको हो ।

छुट्टै बस सञ्चालन तयारीमा सरकार लागे पनि पर्यटक संख्या लगायत कारण दीर्घकालीन व्यवस्थापन विषयमा भने प्रश्न उठ्न थालेको छ ।

prabhu mahalaxmi
kumari