stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपालमा पहिलो पटक ‘बेस्ट एअरलाइन्स अवार्ड’ आयोजना हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा पहिलो पटक बेष्ट एयरलाइन्स अवार्ड आयोजना हुने भएको छ । बेष्ट एयरलाइन्स अवार्ड नेपालले १३ डिसेम्बर २०२२ का दिन बेष्ट एयरलाइन्स अवार्ड नेपाल २०२२ घोषणा गर्न लागेको हो ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बेष्ट एयरलाइन्स अवार्ड नेपालले नेपालको पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै उक्त अवार्ड गर्न लागेको बताएको छ ।

पत्रकार सम्मेलनमा बेष्ट एयरलाइन्स अवार्ड नेपाल आयोजनाका अध्यक्ष सागरदेव लाखेले हवाई क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायले डिसेम्बर १३ का दिन विशेष समारोहकाबीच बेस्ट एयरलाइन्स अवार्ड नेपाल २०२२ घोषणा गरिने बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रियतर्फ १६ विधा बेस्ट एयरलाइन्स आवर्डमा ३ विधामा नेपाली वायुसेवाका लागि मात्र छुट्याइएको बताउनुभयो ।

उहाँले ११ विधामा नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेका वायुसेवाले प्रतिष्पर्धा गराउने बताउनुभयो ।

अध्यक्ष लाखेले २ विधामा हवाई उड्डयनलाई सुरक्षित र सहज बनाउन भुमिका खेल्ने विभिन्न साझेदारहरूमध्येबाट एक उत्कृष्टलाई चयन गरिने बताउनुभयो ।

उहाँले विभिन्न डिजिटल तथा अन्य माध्यमबाट प्रक्षेपण गरिने जनमत तथा निर्णायक मण्डलको निर्णयका आधारमा अवार्ड दिने बताउनुभयो । उहाँले अवार्डको निर्णायक मण्डलमा ११ जना प्रतिष्ठित व्यत्तित्वहरु रहेको बताउनुभयो ।

जसमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा, होटेल द्वारिकाका अध्यक्ष तथा नेपालका लागि स्पेनका अनररी कन्सुलर अम्बिका श्रेष्ठ, होटेल एशोशिएसन नेपालका अध्यक्ष श्रृजना राणा, स्कुल क्लव अफ काठमाडौंका अध्यक्ष प्रविणबहादुर पाण्डे, नाटाका पूर्व अध्यक्ष सीएन पाण्डे रहेको बताउनु भयो ।

त्यस्तै, उहाँले अन्य निर्णायकमा पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुर, एभिएशन म्युजियमका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेती, कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश लिड नेपाल इन्कका अध्यक्ष अनिल केशरी शाह, सिजी होल्डिङ्सका अध्यक्ष अरूण चौधरी तथा नेपाल गैर आवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो रहेको बताउनुभयो ।

अवार्ड, नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा आयोजना हुने भएको छ । जसमा नेपालबाट काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २७ वायुसेवा प्रदायक आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिष्पर्धा गर्ने छन् ।

अवार्डको निष्पक्षता र गरिमालाई दरिलो बनाउन आयोजकले नेपालमा सेवा प्रदायकको रूपमा सक्रिय वायुसेवा तथा वायुसेवा व्यवसायमा आवद्ध संघसंस्थाहरुसँग कुनैपनि किसिमको आर्थिक सहयोग, नोमिनेसन फी वा स्पोन्सरसिप नलिएको बताएको छ ।

बुधवार नै अवार्डको लागि हस्पिटालिटी पार्टनरको लागि हायात प्यालेस काठमाडौं होटलसँग सम्झौता गरेको छ ।

prabhu mahalaxmi
kumari