citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पर्यटन बोर्डमा आन्दोलन

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल पर्यटन बोर्डका केही कर्मचारीहरु तलब बढाउनुपर्ने माग गर्दै आन्दोलनमा जुटेका छन् ।

सरकारी निर्णय अनुसार बोर्डका कर्मचारीको तलब नबढेको भन्दै उनीहरु आन्दोलनमा लागेका बताइएको छ । नयाँ कर्मचारी संगठन स्थापना गरेसँगै कुन्दन शर्मा, सुदन सुवेदीलगायतको टोली आन्दोलनमा लागेको छ ।

बोर्डले आर्थिक समस्या भएको भनेर सरकारी तलब स्केल अनुसार कर्मचारीको तलब वृद्धि गरेको छैन ।

सरकारले यसै आर्थिक वर्षबाट १५ प्रतिशत तलब वृद्धि गर्ने निर्णय गरेको थियो । त्यस अनुसारको तलबमान  पनि निजामती,संस्थान,समिति,बोर्ड,प्रतिष्ठाका कर्मचारीले २०७९ साउनबाट बुझेका छन । तर, पर्यटन बोर्डमा भने उक्त व्यवस्था लागू नभएको उनीहरुले गुनासो गरेका छन ।

बोर्डका कर्मचारीहरूले सरकारी कर्मचारी सरह सेवा सुविधाको माग राखेर शर्माको नेतृत्वमा आन्दोलनमा लागेपछि बोर्ड सदस्यहरु नै समस्यामा परेका छन् ।

सीईओ धनञ्जय रेग्मीविरुद्ध आन्दोलन केन्द्रित गरेका शर्माको टोली बोर्डकै विरुद्ध लागेपछि अब उनीहरुको आन्दोलन कसरी समाधान हुन्छ भन्ने प्रश्न पनि उठिरहेको छ ।

उनीहरुले तलब वृद्धिका लागि राखेको माग बोर्डले मात्रै निर्णय गर्न सक्छ । बोर्ड अध्यक्षमा पर्यटन सचिव सुरेश आचार्य छन।

सदस्यहरूमा अध्यागमन विभागका महानिर्देशक,नागरिक उड्डयान प्राधिकरणका महानिर्देशक,पर्यटन विभागका महानिर्देशक, बोर्डका सिईओ रेग्मी र सरकारले टान, नेपाल पर्वतारोहण महासंघ लगायतबाट मनोनित भएका पर्यटन व्यवसायीहरू सदस्य रहन्छन।

पछिल्ला दिनमा पर्यटक नआएर बोर्डको आम्दानी घटिरहेका बेलामा बोर्डका कर्मचारीको तलब बढाउने गरी बोर्डको सञ्चालक समितिले निर्णय लिन सक्ने अवस्था रहेको छैन ।

बोर्डले नेपाल आउने विदेशी पर्यटकहरूबाट लिदै आएकोलरकम नलिन नेपाल नागरिक उड्डयान प्राधिकरणका महानिर्देशक अधिकारीले नलिन दबाब दिदै आएका छन। बोर्ड स्रोतले भन्यो, ूअहिले पनि बोर्डका कर्मचारीले तुलनात्मक रुपमा अरुकोभन्दा राम्रो तलब सुविधा पाइरहेका छन् ।ू

आन्दोलनमा लागेका कर्मचारीले पेनडाउनदेखि कालो ब्यानर गेटमा राख्नेलगायतका काम गरेका छन् । उनीहरुले तलब बढाउनेमात्र होइन, विमानस्थलमा रहने गरेको बोर्डका एउटा कोठा अध्यागमन विभागले हटाईदिएका विषय पनि उठाएका छन् ।

उक्त कोठा हटाउन नहुने उनीहको माग रहेको एक कर्मचारीले बताए । त्यसका लागि बोर्डले निर्णय लिनुपर्ने हुन्छ । विमानस्थलमा बोर्डको कर्मचारी राख्ने व्यवस्था थियो ।

बोर्डले अध्यागमन कार्यालयबाट हवाइ मार्ग हुँदै नेपाल आउने पर्यटकको संख्या संकलन गर्दै आएको थियो ।

बोर्डको बैठकले उक्त निर्णय नलिएसम्म उक्त तथ्यांक संकलनमा समस्या हुने भएको छ । उनीहको यो आन्दोलनको विषयमा बोर्ड सञ्चालक समितिले चासो दिएको छैन ।

बोर्डले चासो नदिएका कारण आन्दोलन कसरी समाधान हुन्छ भन्ने पनि प्रष्ट भएको छैन ।

आन्दोलनमा उत्रिएका कर्मचारीलाई बोर्डले यसअघि स्पष्टीकरण सोधेको थियो । कार्यालय समयमा अन्यत्र गएको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको थियो ।

त्यही विरोधमा उनीहरु संगठन नै बनाएर विरोधमा उत्रिएका छन् । उनीहरुलाई सरुवा गर्ने मनसाय   पनि बोर्डले राखेको थियो । त्यसबाट जोगिन पनि यो आन्दोलन भएको बोर्डभित्र चर्चा छ ।

himalayan life insurance
igi long