citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

विराटनगर–भैरहवा हवाई उडान सुरु

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । हिजो कार्तिक २२ गतेबाट विराटनगर–भैरहवा हवाई उडान सुरु भएको छ । पहिलो पटक शौर्य एयरलाइन्सले विराटनगर – भैरहवा सीधा हवाई उडान सुरु गरेको हो । यो सँगै प्रदेश १ र लुम्बिनी प्रदेश हवाई उडानसँग जोडिएका छन् ।

गत सोमबार शौर्य एयरलाइन्सको जहाजले पहिलो उडान भरेको थियो । हवाई उडान सुरु गरिएसँगै भैरहवा र विराटनगरको पर्यटन प्रवर्द्वनमा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
अहिले दैनिक एउटा उडान सुरु गरेको शौर्य एयरलाइन्स जनाएको छ ।

भावि दिनमा यात्रुको माग बढेमा एक दिनमा दुईदेखि तीनवटासम्म उडान भर्न सकिने जनाएको छ । आठ वर्षदेखि सेवा दिँदै आएको शौर्य एयरलान्सले ५० सिट क्षमताको जहाजबाट दुवै औद्योगिक तथा पर्यटकीय नगरिलाई जोड्न उडान सुरु गरेको हो । यसबाट भैरहवा उधोग र लुम्बिनीको पर्यटन क्षेत्रलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसअघि कुनै पनि एयरलाइन्सले विराटनगरका लागि भैरहवाबाट नियमित सीधा उडान भरेका थिएनन् । शौर्यले दैनिक भैरहवाबाट दिउँसो ३ः४५ बजे विराटनगर उडान भर्ने छ । जहाज यात्रु लिएर विराटनगरबाट साँझ ५ः१० बजे भैरहवा फर्कने छ ।

अब तराई मधेसका भद्रपुर,विराटनगर, जनकपुर,सिमरा,भरतपुर,भैरहवा,नेपालगञ्ज र धनगढी हवाई उडानको माग भैरहेको छ। यी क्षेत्रमा हवाइ उडान नहुँदा यात्रुले सडक यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। विराटनगर( भैरहवा, विराटनगर–विरगञ्ज,विराटनगर–पोखरा, विराटनगर–सुर्खेत, विराटनगर– नेपालगञ्ज र विराटनगर– घनगढी उडान हुन सके आन्तरिक उद्योग– व्यवसाय र पर्यटन व्यवसायमा धेरै ठुलो सहयोग हुने उद्यमी– व्यवसायीहरूले बताएका छन।

gold
kumari bank