निगमको २५ प्रतिशत सेयर बिक्री गरिने
आर्थिक सञ्जाल । सोमबार, १२ फागुन २०७६
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको २५ प्रतिशत सेयर बिक्री गरिने भएको छ । सेयर बिक्रीका लागि आइतबारको सञ्चालक समितिको बैठकले सैद्धान्तिक स्वीकृति दिएको हो ।
सञ्चालक समितिका सदस्य अच्युतराज पहाडीका अनुसार समितिले सेयर बिक्रीका लागि स्वीकृति दिएको हो । जस अनुसार ७५ प्रतिशत सरकार आफैले राखी बाँकी २५ प्रतिशत सेयर बिक्री गर्नका लागि सैद्धान्तिक स्वीकृति दिइएको हो । निर्णय अनुसार २२ प्रतिशत सरकारी संस्थालाई र ३ प्रतिशत सेयर कर्मचारीलाई दिइनेछ । यो निर्णय पर्यटन मन्त्रालय र अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पुग्नेछ ।
उनका अनुसार अब निगमको सम्पत्ति मूल्यांकनका लागि डीडीए गरिनेछ र त्यस अनुसारले २५ प्रतिशत बराबरको रकम सेयर मार्फत बिक्री गरिने छ । निगमका तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि सञ्चालक समिति अध्यक्षता पर्यटन सचिव केदारबहादुर अधिकारीले सम्हालि रहेका छन् । अधिकारी अध्यक्ष भइसकेपछि निगमको सेयर बिक्री गर्ने निर्णय गरिएको हो ।
१२ फागुन २०७६, सोमवार १०:०३ बजे प्रकाशित