stcnepal long ad
global ime bank long

चुनाव हारेका वामदेवलाई प्रधानमन्त्री बनाउन संविधान संशोधनको तयारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

१२ फाल्गुन २०७६, सोमबार

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले गत असार २६ गते वामदेव गौतमको जन्मदिन पारेर उनलाई पार्टी उपाध्यक्ष पद ‘अफर’ गरेका थिए ।                                                                                                                      आठ महिनापछि ओली शनिबार आफ्नो जन्मदिन मनाउने तयारी गरिरहँदा उनै गौतमलाई राष्ट्रिय सभामा लगेर प्रधानमन्त्रीसमेत बनाउन मिल्ने संविधान संशोधन प्रस्तावको साक्षी बने । संयोग नै भनौं, जसरी गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव नेकपाको विधानविपरीत थियो, उसैगरी उनलाई राष्ट्रिय सभा सदस्य मनोनयन गरेर प्रधानमन्त्री बनाउने कुरा संविधानविपरीत हो ।

असार अन्तिम सातातिर आफूविरुद्ध खडा भएको अर्को गुटलाई तितरबितर पार्न गौतमलाई उपाध्यक्ष ‘अफर’ गरेका ओलीका लागि शनिबार साँझको प्रस्ताव भने ‘अनपेक्षित’ थियो । ‘अर्का अध्यक्ष पुष्पकमल दाहालले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्ने प्रस्ताव ल्याउनुभयो,’ बैठकबारे सचिवालयका एक सदस्यले भने, ‘त्यो प्रस्तावमा प्रधानमन्त्रीज्यू असहमत हुनुहुन्थ्यो तर पनि उहाँ मौन बस्नुभयो ।

’ बैठकमा उपाध्यक्ष गौतमले आफूलाई राष्ट्रिय सभा सदस्य बनाउने कुरा कहाँ पुग्यो भनेर सोधेपछि दाहालले उक्त प्रस्ताव गरेका थिए । दाहाल र गौतमको सहमतिबमोजिम नै उक्त प्रस्ताव सचिवालय बैठकमा पुगेको स्रोतको भनाइ छ । ‘भैंसेपाटी भेलामा भएका सहमतिअनुसार पूर्वमाओवादीलाई सभामुख बनाउनुपर्ने विषयमा सहमत भइयो, एमसीसीको छलफल त्यहीअनुसार अघि बढेको छ,’ गौतमको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले शनिबार साँझ भनेको थियो, ‘राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न बनेको सहमतिबारे खास छलफल नभएकाले विषय उप्काएको हुँ, निर्णय भएको छैन ।

’ गौतम निवास भैंसेपाटीमा गत पुस २३ गते अध्यक्ष दाहालसहितका नेताहरूको भेला भएको थियो । स्रोतका अनुसार भेलामा राष्ट्रिय सभा सदस्य र प्रतिनिधिसभा सदस्यको समान हैसियत हुने गरी संविधान संशोधनको पहल गर्ने सहमति बनेको थियो । त्यही सहमतिलाई इमानदारीका साथ पालना गरेको देखाउन दाहालले उक्त प्रस्ताव ल्याएको ओली पक्षधरको बुझाइ छ ।सीताराम विलासी कान्तिपुर दैनिकबाट ।

IME Lifesidebar
kumari