stcnepal long ad
ime life insurance
national life
global ime bank long

आरोग्य पर्यटकको हिस्सा बढाइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले सन् २०३० सम्ममा कुल अन्तर्राष्ट्रिय पर्यटक आगमनमा आरोग्य पर्यटकको हिस्सा ११ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाललाई आरोग्य पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित उक्त लक्ष्य अघि सारिएको बताउनुभयो ।

योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा तथा पूर्वीय दर्शनमा आधारित पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्ने दीर्घकालीन लक्ष्यसहित सन् २०३५ सम्म पाँच वटा प्रमुख एकीकृत आरोग्य केन्द्र स्थापना गर्ने र सन् २०३५ सम्ममा पर्यटकको सन्तुष्टि स्तर ८.१ कायम गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले प्रत्येक वर्षको अप्रिल १५ लाई विश्व आरोग्य दिवस मनाउने घोषणा गरिसकेको बताउनुभयो । उक्त दिवसलाई मुलुकभर अभियानका रूपमा सञ्चालन गर्ने, ‘आरोग्य पर्यटन गन्तव्य नेपाल, आर्थिक समृद्धिको आधार’ भन्ने दूरदृष्टिसहित राष्ट्रिय आरोग्य पर्यटन रणनीति (सन् २०२६ देखि २०३५ सम्म) तथा यससम्बन्धी कार्ययोजना (सन् २०२६ देखि २०३० सम्म) जारी भइसकेको बताउनुभयो ।

त्यस्तै गरी नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई एकीकृत रूपमा सञ्चालन गर्न मन्त्रीपरिषद्को गत वैशाख २ गतेको बैठकबाट नेपाल पर्यटन, होटेल तथा पर्वतीय प्रतिष्ठान विकास समिति (गठन आदेश), २०८२ स्वीकृत भई एकीकृत रूपमा सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो ।

IME Lifesidebar
kumari