stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

रन वेको लाइटमा समस्या आएपछि बन्द त्रिभुवन विमानस्थल सञ्चालनमा आयो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रनवे लाइटमा प्राविधिक गडबडी आएपछि बन्द भएको हवाई उडान सञ्चालनमा आएको छ । धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आएर हिजो बेलुका साढे ५ बजेदेखि अवरुद्ध विमानस्थल ४ घण्टापछि सञ्चालनमा आएको हो ।

विमानस्थलमा आउने र जाने अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान प्रभावित भएका थिए । विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार रनवेको एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएको थियो ।

आन्तरिक र अन्तर्राष्ट्रिय दुवै यात्रुले असुविधा भोगेका थिए । विमानस्थल खुलेसँगै रोकिएका उडान तालिकाअनुसार सञ्चालन हुन थालेका महाप्रबन्धक पाण्डेले जानकारी दिनुभयो ।

kumari bank
kumari
nawakantipur long