stcnepal long ad
global ime bank long

 ठमेल पर्यटन परिषदद्वारा विभिन्न व्यक्तित्व सम्मानित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विभिन्न संस्था एवं व्यक्तित्वहरुलाई  ठमेल पर्यटन परिषद्ले सम्मान कार्यक्रमको आयोजना गरेको छ । गत शुक्रबार आयोजित एक कार्यक्रमबीच लकडाउनको अवधिमा परिषद्को अगुवाईमा सञ्चालन गरिएका विविध सामाजिक कार्यमा सहभागी एवं सहयोगी संस्थाहरुलाई सम्मान गरेको हो ।

काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा परिषद्को सामाजिक कार्यमा प्रत्यक्ष सहयोग पुर्याउने सञ्चार माध्यम, सुरक्षाकर्मी, विभिन्न संस्था र होटल व्यवसायी लगायतलाई सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा होटल सञ्चालक चन्द्रविर कंसाकार, लोकबहादुर श्रेष्ठ, सोह्रखुट्टे प्रहरी बृत्तका प्रहरी निरीक्षक सुरेन्द्र धमला, सोह्रखुट्टे ट्राफिक कार्यालयका राजु भण्डारी, फेम्ली एण्ड फ्रेन्ड्सका रन्डल बलिङ, प्रभाव राष्ट्रिय दैनिकका कृष्ण कार्की, न्यु मिडिया एकेडेमीका मणिराज गौतम र टुरिजम मेलका प्रशान्त प्रधानलाई सम्मान गरिएको थियो ।

ठमेल पर्यटन परिषद्का अध्यक्ष सन्तोष पाँडेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रिजालले परिषद्ले छोटो समयमा निभाएको सामाजिक उत्तरदायित्वको कार्यक्रमले आफू प्रभावित भएको बताए ।

वडाध्यक्ष रिजालले पश्चिम ठमेलमा व्यवसाय सञ्चालनका लागि घर भाडामा दिइरहेका घरधनीहरुको सम्पत्ति कर छुट दिएको बताउँदै वडाले यस क्षेत्रमा व्यावसाय सञ्चालन गर्दै आएका व्यवसायीको हितमा वडा कार्यालयले समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।

उक्त अवसरमा अहिलेको विषम परिस्थितिमा आफ्नो घरमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई घरभाडा छुट दिएका लोकबहादुर श्रेष्ठ, चन्द्रविर कंसाकारलाई पनि सम्मानित गरिएको थियो । श्रेष्ठले आफ्नो घरमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई १ महिनाको पूरा भाडा र १ वर्षका लागि ५० प्रतिशत भाडा छुट दिएको जनाए ।

परिषद्का सहकोषाध्यक्ष राजेन्द्र कुँवरले यस्तो महामारीको बेला यस क्षेत्रका करिब ८० प्रतिशत घरधनीहरुले परिषद्को समन्वयमा घरभाडामा छुट दिन सहमति भएको बताउँदै यसका लागि सम्पूर्ण घरधनीहरुप्रति आभार समेत व्यक्त गरे ।

सम्पूर्ण विश्व नै विषम परिस्थितिबाट गुज्रिरहेको यस परिवेशमा परिषद्ले आफ्नो स्थानबाट स्थानीय, जनप्रतिनिधि र विभिन्न संस्थाहरुको सहयोगमा करिब २ महिनासम्म नियमित खानाको व्यवस्था गरेको थियो ।

कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का पूर्व अध्यक्ष रामशरण थपलिया, गाउँले पर्यटनका अध्यक्ष तेजेन्द्र पौडेल, एनसीसीएस कलेजका सन्तोष मास्के लगायतको उपस्थिति रहेको थियो ।

IME Lifesidebar
kumari