stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेल सम्मानित

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई सशस्त्र प्रहरी बल नेपालले सम्मान गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, वंशीराज दाहाललगायत वरिष्ठ अधिकृतहरूले पर्वतारोही पौडेललाई प्रधान कार्यालयमा सम्मान गर्नुभएको हो ।

सशस्त्र प्रहरी बल नेपालको इतिहासमा पहिलोपटक सङ्गठनको प्रतिनिधित्व गर्दै उहाँले यही जेठ ७ गते सोमबार बिहान १०:२० बजेको समयमा सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।

सशस्त्र प्रहरी निरीक्षक पौडेलको सम्मानमा आयोजित कार्यक्रममा महानिरीक्षक अर्यालले जस्तोसुकै चुनौती सहेर आरोहण गर्न सक्छन् भन्ने विश्वास लिएर पौडेललाई सगरमाथा आरोहण गर्न पठाइएको स्मरण गर्नुहुँदै भन्नुभयो, “यो सगरमाथा आरोहण मात्र होइन, सीमा सुरक्षाको जिम्मेवारी पाएको सङ्गठनका लागि सीमा अनुगमन पनि हो ।”

उहाँले आरोहण सफलताका लागि योगदान पुर्याउनुभएका मिङ्मा डेबिड शेर्पालाई मायाको चिनो प्रदान गर्नुभयो ।

सो अवसरमा सशस्त्र प्रहरी निरीक्षक पौडेलले सगरमाथाको शिखरमा फहराएको सङ्गठनको झण्डा महानिरीक्षक अर्याललाई हस्तान्तरण गर्नुभयो । साथै उहाँले सगरमाथा आरोहणको अनुभवसमेत सुनाउनुभयो ।

prabhu mahalaxmi
kumari