stcnepal long ad
ime life insurance
national life
global ime bank long

हवाई टिकटमा लगाइँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। हवाई टिकटमा लगाइँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनु पर्ने निजी क्षेत्रले माग गरेको छ । नेपाल उद्योग परिसङ्घले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागी निजी क्षेत्रका प्रतिनिधिले पर्यटन क्षेत्रको विकासका लागि पनि यस्तो व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन हुन नसकेकाले यसको सफल सञ्चालनका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

युरोपसँगको सिधा हवाई सम्पर्क पुनः जोड्न अवलम्बन गर्नुपर्ने सुझाव उपलब्ध गराउन पनि उहाँले आग्रह गर्नुभयो ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले पर्यटन क्षेत्रको समग्र विकासका लागि नीतिगत स्थिरता हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

पर्यटन क्षेत्रको विकास तथा यसबाट लिन सकिने लाभको सन्दर्भमा निजी क्षेत्रबाट सामूहिक रूपमा स्पष्ट सुझाव आउनुपर्नेमा उहाँले जोड दिनुभयो । आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिनुपर्ने सुझाव पेस गरे  अर्थमन्त्रीसम्म पु¥याउन  समितिले सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा सांसद उदयशमशेर राणाले नेपाल नागरिक उड्डयन प्राधिकरणको सुधारका सम्बन्धमा आइकाओले दिएको प्रतिवेदन समितिले माग्दा नौ महिनासम्म नपाएको बताउनुभयो ।

सो क्रममा उहाँले नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण र पर्यटन बोर्डको सुधारका लागि समितिले उपसमिति बनाएर विस्तृत रूपमा अध्ययन गर्न लागेको जानकारी दिनुभयो ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नु पर्छ भन्नेमा सबै सहमत भए पनि पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन हुन नसक्दा निजगढका विषयमा प्रश्न आइरहेको उहाँले बताउनुभयो ।

पूर्वपर्यटनमन्त्रीस मेत रहनु भएका सांसद भीम आचार्यले पोखरा र भैरहवा विमानस्थल राम्रोसँग सञ्चालनका लागि सरकारले कुनै गृहकार्य नै नगरेको बताउनुभयो ।

परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको पर्यटनमा अथाह सम्भावना हुँदाहुँदै पनि देशले यसबाट अपेक्षाकृत रूपमा फाइदा लिन नसकिरहेको बताउनुभयो ।

उहाँले राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउन निगमको सुधार तथा विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार भित्र्याउनुपर्ने बताउनुभयो ।

युरोपेली मुलुकसँग सन् २०१३ देखि टुटेको सिधा हवाई सम्पर्क पुनः जोड्न ठोस पहल गर्नुपर्ने, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकमा छुट्याउनुपर्ने उहाँको भनाइ थियो ।

निर्माण सम्पन्न भएका तर सञ्चालनमा नआएका करिब दुई दर्जन आन्तरिक विमानस्थलमा निजी क्षेत्रलाई पर्यटकीय गतिविधि सञ्चालन गर्न दिनुपर्ने, हवाई टिकटमा लगाइएको भ्याट हटाइनुपर्ने माग निजी क्षेत्रको रहेको उहाँले बताउनुभयो ।

IME Lifesidebar
kumari