citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

निगमको न्यारोबडी जहाजको मर्मत चाँडै

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । इन्जिन मर्मतका लागि इजरायलमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज यही चैतभित्रै नेपाल फर्किने भएको छ ।

दायाँ इन्जिन बिग्रेर गत पुस २६ गते इजरायल एरोस्पेस इन्डस्ट्रिजमा पठाइएको नाइन एन एकेएक्स एयर बस ३२० लुम्बिनी जहाजको इन्जिन मर्मतको काम जारी रहेको र अबको दुई साताभित्र नेपाल फर्किने निगमले जनाएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले भन्नुभयो, “जहाज मर्मत सम्भारका लागि सम्झौता भएको मेन्टिनेन्स रिपेयर अर्गनाइजेसन कम्पनी (आइएआई) ले सम्झौता अनुसार समयमै इन्जिन मर्मत गर्न नसक्दा लामो समयदेखि उतै ग्राउन्डेड भएको हो ।

केही समय पार्टपुर्जा उपलब्ध हुन नसक्दा ग्राउन्डेड रहेको उक्त जहाजमा अहिले कम्पनीले उपकरण तयार पारेर जडानको प्रक्रियामा रहेकाले अबको दुई साताभित्र नेपाल आइपुग्ने जानकारी आएको छ ।”

आइएआईसँग भएको सम्झौता अनुसार जहाजको कुनै एक इन्जिनमा समस्या आएको एक साताभित्र विकल्पमा अर्को इन्जिनको व्यवस्था गर्ने र बिग्रेको इन्जिन ६५ दिनभित्रै मर्मत गरेर हस्तान्तरण गर्नुपर्ने भए पनि सम्झौता अनुसार मर्मतको काम हुन नसक्दा समय लागेको उहाँले बताउनुभयो ।

पुस २६ गते इजरायल पठाउनुअघि उक्त जहाज झन्डै डेढ महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको थियो । साउन पहिलो साता इन्जिनमा समस्या आएको उक्त जहाजले असोज १३ गते इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो ।

१० दिनपछि बिग्रिएको इन्जिन मर्मतका लागि छोडेर भाडाको इन्जिन जडान गरेर नेपाल आएको उक्त जहाजको इन्जिनमा मङ्सिर १४ गते समस्या आएपछि काठमाडौँमै ग्राउन्डेड भएको थियो ।

मासिक दुई हजार डलर भाडामा जडान भएको भाडाको इन्जिनसहित इजरायल पुगेको जहाजको अहिले  साउन पहिलो  साता मर्मतका लागि छाडेर आएको इन्जिन राखेर ल्याउने तयारी भइरहेको हो । जहाजसँगै इजरायल पुगेको इन्जिन भने अझै मर्मत सुरु भएको छैन ।

इन्जिन मर्मत भएर जहाज उडानमा नआउँदा निगमले मासिक ठुलो परिमाणमा आम्दानी गुमाइरहेको छ भने अर्कोतर्फ इन्जिनको भाडाबापत निगमले मासिक दैनिक दुई हजार डलर तिर्दै आएको छ ।

निगमले जुन कम्पनीसँग इन्जिन मर्मतको सम्झौता गरेको थियो त्यही कम्पनीबाट भाडामा इन्जिन ल्याएर जडान गरेको थियो । ग्राउन्डेड न्यारोबडी जहाज तालिका अनुसार सञ्चालनमा आउन नसक्दा निगमले सातामा दर्जनौँ उडान कटौती गर्दै आएको छ ।

निगमले जहाज नेपाल आइसकेपछि सम्झौता अनुसार इन्जिन समयमै उपलब्ध गराउन नसकेको, घाटा बढाएको लगायतका कारण देखाउँदै आइएआईसँग क्षतिपूर्तिको माग अघि बढाउने तयारी गरेको छ ।

निगम प्रवक्ता पौडेलले भने घाटा दाबीबारे निगमले अहिले कुनै निर्णय नगरेको बताउनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ।

himalayan life insurance
igi long