stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

‘ट्रिप एडभाइजर’ ले राख्यो काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको सङ्घीय राजधानी काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्य (नेचर डेस्टिनेसन)का रुपमा घोषणा गरेको छ ।

ट्रिप एडभाइजरले सात वटा वर्गमा ‘ट्रिप एडभाइजर ट्राभलर च्वाईस(२०२४’ घोषणा गर्दै काठमाडौँलाई पहिलो सूचीको प्राकृतिक गन्तव्य–२०२४ मा राखेको हो । विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्यमध्ये काठमाडौँ एक नम्बरमा परेको छ ।

ट्रिप एडभाइजरले सन् २०२४ मा उत्कृष्टमध्ये उत्कृष्ट गन्तव्यका सात वटा वर्गमा गन्तव्य घोषणा गरेको हो । जसमध्ये १० उत्कृष्ट गन्तव्य, प्राकृतिक गन्तव्य, ट्रेन्डिङ गन्तव्य, सांस्कृति गन्तव्य, खाना गन्तव्य, हनिमुन गन्तव्य र दिगो गन्तव्य छन् ।

त्यसैगरी  ट्रिप एडभाइजरले विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये काठमाडौँलाई २४औँ नम्बरमा पारेको छ । ट्रिप एडभाइजर संसारको ठूलो यात्रा सहजीकरण गर्ने ‘ट्राभल गाइडेन्स प्लेटफर्म’ हो । जसले यात्रा बुकिङ, गन्तव्य छनौट र योजना बनाउन सहयोग गर्दै आएको छ ।

योसँगै नेपालको गन्तव्य प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान पुग्ने नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लाखौँ उपभोक्ताहरुको समीक्षा र प्रतिकृयाका आधारम ट्रिप एडभाइजरले हरेक वर्ष विश्वका विभिन्न गन्तव्यलाई वर्गीकरण गर्दै आएको छ ।

यस पटक सात वटा वर्गमध्ये नेपालले उत्कृष्ट गन्तव्यका रुपमा काठमाडौँलाई सूचिकृत गरेको छ, यसले कोभिड  महामारीपछि लयमा फर्किरहेको नेपालको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्छ ।”

निर्देशक लामिछानेले सरकारको एक वर्षे कार्यकालको सन्दर्भमा हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणा गर्नुभएको नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या अर्को वर्ष दोब्बर बनाउने योजनालाई सफल बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बोर्डको तथ्याङ्क अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

न्यूयोर्क टाइम्सको घुम्नुपर्ने सूचिमा नेपालको मुस्ताङ

अमेरिकाको चर्चित अखबार ‘द न्यूयोर्क टाइम्स’ ले सन् २०२४ मा विश्वभरका घुम्नुपर्ने गन्तव्यको सूचिमा नेपालको मुस्ताङ समावेश गरेको छ । विश्वभरका ५२ ठाउँको सूची सार्वजनिक गर्दै न्यूयोर्क टाइम्सले मुस्ताङलाई सूचिकृत गरेको हो ।

न्यूयोर्क टाइम्सले नेपालको हिमाल पारिको जिल्ला भनेर चिनिने पर्यटकीय क्षेत्र मुस्ताङलाई समावेश गरेको छ ।

उत्तरी क्षेत्रमा अवस्थित प्राचीन हिमाली अधिराज्यका रूपमा रहेको मुस्ताङले शताब्दीदेखि यसको ग्रामीणपन र संस्कृति बचाएर राखेको टाइम्सले उल्लेख गरेको छ ।

यसअघि गत वैशाखमा सिएनएनले पनि घुम्नैपर्ने विश्वका २३ ठाउँको सूचीमा मुस्ताङलाई समेटेको थियो । सिएनएनले मुस्ताङलाई चिनाउँदै पर्वतीय पदयात्राका लागि प्रसिद्ध परौणिककालीन पदमार्ग समेत रहेको उल्लेख गरेको थियो ।

मुस्ताङ धार्मिक, पुरातात्विक एवं पर्यटकीय गन्तव्य हो । प्रसिद्ध धार्मिक स्थल मक्तिनाथ मुस्ताङको धार्मिक पर्यटक आकर्षण गर्ने धरोहर पनि हो । ऐतिहासिक र पौराणिक लोमन्थाङ अर्को आकर्षण छ ।

prabhu mahalaxmi
kumari