stcnepal long ad
ime life insurance
national life
global ime bank long

एयर अरेबियाको उडान प्रस्ताव पर्यटन मन्त्रालयले रोक्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अन्तरराष्ट्रिय वायुसेवा कम्पनी एयर अरेबियाले तोकिएको भाडादर भन्दा बढी भाडा लिएर नेपाल आउन खोजेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान रोकि दिएको छ । अरेबियाले दुबई–काठमाडौँका लागि ५ सय डलर लिएर उडान गर्ने प्रस्ताव लिएर मन्त्रालयमा आएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सको भन्दा महङ्गो भएको भन्दै उक्त प्रस्ताव अस्वीकार गरेका हुन् ।

पर्यटन मन्त्री भट्टराईले नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सस्तोमा पनि उडान भर्न तयार भएको बताउँदै नेपाल एयलाइन्सको भन्दा सस्तोमा जुनसुकै एयरले पनि नेपालीलाई उद्धार गर्नमा कुनै रोकतोक नभएको बताए ।

नेपाल एयरलाइन्सको दुबई काठमाडौंको भाडा दर भने ३६० डलर कायम गरिएको छ । एयर अरवियाले भने जुन ५ मा १६८ जना र एक जना बच्चालाई ५०० डलरमा दुवईबाट काठमाडौं लिएर आएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि पनि सरोकारवाला वायुसेवा कम्पनीसँग छलफल गरेको थियो । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले मन्त्रालयको प्रस्तावित भाडादर अनुरुप उडान गर्न सहमत भएका थिए ।

IME Lifesidebar
kumari